images

मंगलवार, बैशाख २५ गते २०८१

लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामाबीच भेटवार्ता

लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामाबीच भेटवार्ता

images
images
images
शनिवार, भाद्र ९ २०८०
शनिवार, भाद्र ९ २०८०
  • लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामाबीच भेटवार्ता

    भैरहवा, ९ भदौ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाबीच शनिबार भेटवार्ता भएको छ । 

    images
    images
    images

    साउन १६ गते मन्त्रिपरिषदबाट उपाध्यक्षमा नियुक्त भएपछि बृहत्तर लुम्बिनी क्षेत्रको विकासका विषयमा प्रदेश सरकारसँग सहकार्य गर्ने विषयमा मुख्यमन्त्री चौधरीसँग उपाध्यक्ष लामाले भेटवार्ता गरेका हुन ।

    लुम्बिनीमा करिब १ घन्टाको भेटवार्तामा ४७ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजना कार्यान्वयन र  गुरुयोजनाको बाँकी काम पूरा गर्ने सन्दर्भमा छलफल भएको उपाध्यक्ष लामाले बताए । 

    भेटमा उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गरेका थिए । त्यस्तै लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, लगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा मुख्यमन्त्री चौधरीलाई जानकारी गराए ।

    भेटमा मुख्यमन्त्री चौधरीले भने यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार तत्पर रहेको बताए । मुख्यमन्त्रीले बुद्ध जन्मस्थल लुम्बिनी नेपालकै गौरव भएकाले यसको विकासमा हातेमालो गरेर अगाडि बढ्ने बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij