२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

विभिन्न पार्टी परित्याग गरी १११ जना जसपामा प्रवेश

शनिवार , माघ १०, २०७७

भैरहवा, १० माघ ।
विभिन्न पार्टी परित्याग गरी १११ जना जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् । जसपा सिद्धार्थनगर नगर समिति भैरहवाले शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा १११ जना पार्टीमा प्रवेश गरेको नगर अध्यक्ष अर्जुन प्रसाद जयसवालले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जसपा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक सन्तोष कुमार पाण्डेयले जनताको हकहितमा लड्ने एक मात्र पार्टी जसपा रहेको दावी गरे । पार्टीका वरिष्ठ नेता महेन्द्र यादवले पुराना पार्टीबाट अब देशको विकास सम्भव नरहेकोले जसपामा प्रवेश गर्ने नेता–कार्यकर्ताको संख्या बढ्दै गएको बताए ।

जसपा सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जयसवालको अध्यक्षता तथा नगर इञ्चार्ज बैजनाथ गुप्ता (बी.एन.)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।