२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीको विकासको लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता 

शनिवार , माघ १०, २०७७

भैरहवा, १० माघ ।
 
लुम्बिनीको विकास र प्रर्बद्धनको लागि प्रदेश सरकारहरुले सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । लुम्बिनीको अध्ययन भ्रमण पश्चात मुलुकका सातै प्रदेशका मन्त्री, सचिवहरुले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । सातै प्रदेशका मन्त्री, सचिव तथा महान्याधिवक्ताहरुलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा बताएका थिए ।
 
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद के.सी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान, प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता व्यक्त गरे ।
 
त्यसै गरी प्रदेश १ का सचिव , प्रदेश २ का सचिव, बागमती प्रदेश सचिव, गण्डकी प्रदेशका सचिव, लुम्बिनी प्रदेशका सचिव, कर्णाली प्रदेशका सचिव र सुदुरपश्चिम प्रदेशका सचिवहरु तथा महान्याधिवक्ताहरुले अध्ययन अवलोकन भ्रमण गर्नुभएको कोषका बरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

लुम्बिनी भ्रमणको लागि आएका मन्त्री, सचिव तथा महान्याधिवक्ताहरुलाई लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बुद्धिज्मको बारेमा जानकारी गराएका थिए ।
 
FB_IMG_1611416981152.jpgभ्रमणको क्रममा प्रदेशका मन्त्री तथा सचिवहरुले संघीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रबद्र्धनको लागि प्रदेश सरकारहरुले पनि सहकार्य गरेर अगाडी बढ्ने बताए । उनीहरुले लुम्बिनीलाई केन्द्रमा राखेर सातै प्रदेशका पर्यटकीय क्षेत्रको विकास गर्ने गरी कार्यक्रम समेत बनाउन सकिने बताए ।