images

बुधवार, बैशाख २६ गते २०८१

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान हुने

आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान हुने

images
images
images
मंगलवार, भाद्र १२ २०८०
मंगलवार, भाद्र १२ २०८०
  • आजदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान हुने

    भैरहवा, १२ भदौ । 
    नेपाल वायुसेवा निगमले मंगलबार (आजदेखि) रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ । यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।

    images
    images
    images

    मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर मागको आधारमा उडानको संख्या थप्दै लगिने निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

    भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्नेछन् ।

    यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने पौडेलले जानकारी दिए ।

    २०७९ जेठ २ गते अन्तर्राष्ट्रिय उडान शुभारम्भ भए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर उडान नभएको भन्दै निजी क्षेत्रले गुनासो गर्दै आएको छ । सुरुमै जजिरा एयरले सातामा तीन उडान थाले पनि नियमित हुन सकेको छैन भने अन्य विमान कम्पनीले पनि सेवा सुरु गरेका छैनन् ।

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij