२०८३, आश्विन २६ गते

Oct 12 2026 | २०८३, आश्विन २६ गते

बजाज एक्सचेञ्ज अफर माघ १२ देखि

आइतवार , माघ ११, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • भैरहवा, ११ माघ । 
    बज अटोमोबाइल्स प्रा.लि. भैरहवाले एक्सचेञ्ज अफर ल्याएको छ । माघ १२ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने अफरमा बजाज कम्पनीको प्रत्येक नयाँ मोटरसाइकलको खरीदमा १० हजार नगद छुट तथा निःशुल्क अतिरिक्त वस्तु (एसेसरीज) प्रदान गरिने बज अटोमोबाइल्स प्रा.लि. भैरहवाका प्रबन्ध निर्देशक हरि बहादुर थापाले बताए । त्यस्तै कुनै पनि मोटरसाइकलको प्रचलित बजार मुल्य भन्दा थप रु. १५ हजार प्रदान गरिने थापाले जानकारी दिए । 

    ‘पुराना मोटसाइकल चढिरहेका ग्राहकलाई नयाँ मोटरसाइकल चढ्न सहज होस् भन्ने उद्देश्यले एक्सचेञ्ज अफरको कार्यक्रम ल्याइएको हो, ’थापाले भने ।

    बज अटोमोबाइल्स प्रा.लि.का सेल्स म्यानेजर किशोर पन्तले मोटरसाइकलको साथमा सवारीदर्ता प्रमाणपत्र (ब्लुबुक) अनिवार्य ल्याउनुपर्ने बताए ।