images

सोमवार, बैशाख २४ गते २०८१

चीन सरकारका टोलीलाई लुम्बिनीमा स्वागत, भगिनी सम्बन्धलाई मजबुत बनाउने

चीन सरकारका टोलीलाई लुम्बिनीमा स्वागत, भगिनी सम्बन्धलाई मजबुत बनाउने

images
images
images
बिहिवार, भाद्र १४ २०८०
बिहिवार, भाद्र १४ २०८०
  • चीन सरकारका टोलीलाई लुम्बिनीमा स्वागत, भगिनी सम्बन्धलाई मजबुत बनाउने

    लुम्बिनी, १४ भदौ ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थानीय सरकार चीनको टोलीलाई स्वागत गरेको छ । नगरप्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्षहरु, कर्मचारीले चीनको सान्क्सी प्रदेशको सिन्चउ नगरका वु थाई सान कन्ट्री प्रमुख ज्या वन चु, सिन्चउ नगर जनसरोकारका परराष्ट्र मामिला कार्यालयका डाईरेक्टर लि सियुन, कल्ट्री मागीस्ट्रट जिया वईन्चुलगायतको टीमलाई भ स्वागत तथा अभिनन्दन गरेका हुन् ।

    images
    images
    images

    सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मुसलमानले सिन्चउ नगरसँगको सम्बन्धलाई नयाँ स्वरुप दिन तयार भएको बताए । लुम्बिनी क्षेत्र भगवान गौतमबुद्धको पवित्रस्थल भएका कारण यस क्षेत्रको विकासमा सिन्चउ नगरसँगको भगिनी सम्बन्धलाई थप मजबुत बनाउन चाहेको उनले बताए ।

    त्यस्तै नगर उपप्रमुख कल्पना हरिजनले सिन्चउ नगरका प्रतिनिधिहरुलाई स्वागत गर्न पाउँदा हर्षित भएको बताइन् । उनले लुम्बिनी बुद्धत्वसँग जोडिएकोले पर्यटन विकासमा समेत चीन सरकारले चासो दिनुपर्ने र सहकार्य गर्न आफूहरु तत्पर रहेको बताइन् ।

    कार्यक्रम सिन्चउ नगरका उपप्रमुख ली सियले नेपाल र चीनको पारस्पारिक सम्बन्धलाई थप बलियो बनाउन चाहेको बताइन् । उनले नेपालको कृषि, पर्यटन, स्वास्थ्य, धार्मिक जस्ता महत्वपूर्ण क्षेत्रसँग चीनको रहनसहन मिल्ने बताइन् । यस नगरको विकासमा चीनको सिन्चउ नगर तप्पर रहेको बताउँदै सहकार्य र समन्वय गर्ने उनले उल्लेख गरिन् । लुम्बिनी साँस्कृतिक नगरपालिकाले गरेको स्वागत तथा सम्मानप्रति उनले धन्यवाद व्यक्त गरिन् ,

    स्वागत तथा सम्मान कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष सुरज कुमार कलवार, वडा नम्बर २ का वडाअध्यक्ष ईनामुल्लाह फकिर, वडा नम्बर ४ ३ विनोद श्रीवास्तव, ५ का खुर्शेद आलम मुसलमान, ६ का नईमुल हक मुसलमान लगायतको आतिथ्यता तथा नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्यालको सञ्चालनमा भएको हो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij