२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्छ : पर्यटनमन्त्री किराँती

बिहिवार , भाद्र १४, २०८०

काठमाडौं, १४ भदौ । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाल पर्वतारोहण संघको ३३ औं केन्द्रीय वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको साझा सत्रुको रुपमा रहेको भष्ट्राचारविरुद्ध राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने बताए । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनको भनाइ छ । भ्रष्टाचार अन्त्य गर्न प्रचण्ड सरकारसँग क्षमता रहेको दावी गर्दै मन्त्री किराँतीले भष्ट्राचार नियन्त्रणको लागि प्रचण्ड नेतृत्वको सरकार राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिए ।