
शनिवार , श्रावण १७, २०७७
भैरहवा, १७ साउन ।
रोटरी क्लब अफ मणिग्रामको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर १० कान्छीबजारस्थित जनहित माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । देवदह सवडिभिजन वन कार्यालयबाट उपलब्ध टिक, मसला, धुपी लगायत ७६ वटा विरुवा विद्यालय परिसरमा रोपिएको हो ।
क्लबका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता र सचिव अरुण पाण्डेको संचालनमा भएको वृक्षारोपण कार्यक्रममा तिलोत्तमा १० का वडा अध्यक्ष ब्यासमुनी चौधरीले बोल्दै विद्यालयमा खानेपानी, शौचालय लगायत अन्य भौतिक पूर्वाधारमा समस्या भएकाले रोटरी क्लबको सहयोगको अपेक्षा गरे । कार्यक्रममा विद्यालयका प्राचार्य विष्णु पाण्डे, व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुँवर, क्लबका संस्थापक अध्यक्ष राजुदेवी खनाल लगायतले बोलेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष नेपालले जनहित माविलाई ५ वर्षसम्म सहयोग गर्ने गरी हेप्पी विद्यालय बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij