२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बिहिवार , भाद्र १४, २०८०

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • काठमाडौं, १४ भदौ ।
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ । पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

    पेट्रोलको पहिलो वर्गको प्रतिलिटर १७९.५०, दोस्रो वर्गको १८१ र तेस्रो वर्गको १८२ रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार डिजेल/मट्टितेलको प्रतिलिटर पहिलो वर्गको १६७.५०, दोस्रो वर्गको १६९ र तेस्रो वर्गको १७० रुपैयाँ पुगेको छ ।

    त्यसै गरी खाना पकाउने ग्यासमा एकैपटक २३५ रुपैयाँ मूल्य बढेको छ । एलपी ग्यासको प्रतिसिलिण्डर १ हजार ६ सय ६० रुपैयाँबाट बढेर १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ । वृद्धि भएको नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि दरसहित समायोजन गरी कायम गरिएको जनाएको छ ।

    newskarkahna-news566470..png