२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

निर्माण व्यवसायीलाई निर्माण व्यवस्थापन र ई–जीपी प्रणालीसम्बन्धी तालिम

आइतवार , भाद्र १७, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १७ भदौ ।
    नेपाल निर्माण व्यवसायी महासंघको आयोजना तथा लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीको सहकार्यमा भैरहवामा तीनदिने निर्माण व्यवस्थापन र ई–जीपी प्रणाली (सिस्टम) सम्बन्धी तालिम सुरु भएको छ । आइतबारदेखि भैरहवामा सुरु भएको तालिममा निर्माण व्यवसायी र प्रतिनिधि गरी ६० जनाको सहभागीता रहेको लुम्बिनी निर्माण व्यवसायी संघका कोषाध्यक्ष प्रितम रौनियारले बताए । उनका अनुसार तालिममा रुपन्देही, नवलपरासी र रुपन्देहीबाट निर्माण व्यवसायीको सहभागीता रहेको छ। भदौ १९ गतेसम्म सञ्चालन हुने तालिमको प्रशिक्षक केशव आचार्यले सहजीकरण गर्नेछन् । कन्सट्रक्शन बिजनेश डेभलपमेन्ट इम्पलीमेन्टशन कमिटीको सहयोगमा तालिम सञ्चालन भएको महासंघले जनाएको छ ।

    तालिमको उद्घाटन गदैै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोप बहादुर रायमाझीले तालिम फलदायी हुने विश्वास गरे । उनले महासंघका कार्यक्रम काठमाडौं मात्र केन्द्रीत नभइ केही जिल्लाहरु समेटेर विभिन्न स्थानमा भएको बताए । उनले भने, ‘तालिमले निश्चय नै निर्माण व्यवसायीको नेतृत्व क्षमता विकास गर्नेछ र व्यवसायलाई थप व्यवस्थित बनाउने सहयोग गर्नेछ ।’ नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनमा जिल्ला जिल्लाबाट सहयोग भएको उनको भनाइ छ ।

    त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय महासचिव रोशन दाहालले तालिममा आफूले सिकेका कुरा अरु निर्माण व्यवसायीलाई पनि सिकाउन आग्रह गरे । उनले भने, आफूले सिकेका कुरा अरुलाई सिकाए ज्ञान बढ्छ । उनले निर्माण व्यववसायी महासंघले चरणबद्ध आन्दोलन गरेको बताए ।

    WhatsApp Image 2023-09-03 at 2.20.29 PM.jpeg

    लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष दिपक शाहीको अध्यक्षता, नेपाल निर्माण व्यवसायी संघका उपाध्यक्ष टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यता, संघका बुटवल शाखा सचिव बुद्धि थापाको स्वागत तथा लुम्बिनी निर्माण व्यवसायी संघका महासचिव प्रयास खड्काको सञ्चालनमा तालिम उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।