images

मंगलवार, बैशाख २५ गते २०८१

देवदहका पुरातात्विक क्षेत्रमा वृक्षारोपण 

देवदहका पुरातात्विक क्षेत्रमा वृक्षारोपण 

images
images
images
मंगलवार, भाद्र १९ २०८०
मंगलवार, भाद्र १९ २०८०
  • देवदहका पुरातात्विक क्षेत्रमा वृक्षारोपण 

    भैरहवा, १९ भदौ ।
    लुम्बिनी विकास कोषले बुद्धको मावली देवदहस्थित विभिन्न पुरातात्विक क्षेत्रहरुमा वृक्षारोपण गरेको छ । सोमबार कोषले बैरीमाई, कन्यामाई, भवानीपुर र देवदह सम्पर्क कार्यालय परिसरमा आँप, बेल, बेलौती, अशोक, कागती, तेजपत्ता, निम, कपुर, फूल लगायतका विभिन्न प्रजातीका १ सय बढी विरुवा बृक्षारोपण गरेको हो । 

    images
    images
    images

    कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) र सदस्य सचिव सानुराजा शाक्यले वृक्षारोपण गरी सुरुवात गरेका थिए । कोलिय वंशको राजधानी देवदहमा बुद्धका माता मायादेवी तथा प्रजापती र राजकुमारी याशोधराको माइतीका रुपमा चिनिन्छ । बुद्धको मावली क्षेत्र र यहाँका बौद्धकालिन पुरातात्विक स्थलहरुको हरियाली प्रवद्र्धनका लागि वृक्षारोपण गरिएको कोषले जनाएको छ । 

    पुरातात्विक क्षेत्रको सौन्दर्यकरण बढाउनका लागि वृक्षारोपण गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले देवदह बुद्धको मावली क्षेत्र भएकाले यसको ऐतिहासिक महत्व रहेको बताउँदै यहाँ रहेका पुरातात्विक स्थलहरुको विकासर पर्यटक आर्कषित गर्नका लागि निरन्तर कोषले वृक्षारोपण जस्ता सौन्दर्यकरण र अन्य विकासका काम गर्दै जाने बताए । 

    त्यस्तै कोषका सदस्य सचिव सानुराजा शाक्यले कोषले देवदह क्षेत्रका पुरातात्विक स्थलहरुको उत्खनन् र संरक्षण गर्नुपर्ने बताउँदै यसका लागि कोषले पुरातात्व विभाग लगायतका निकायहरुसँग समन्वय गर्ने काम गरिरहेको बताए । कोषको वनस्पती शाखाको समन्वय, देवदह कार्यालयको संयोजनमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । 

    वृक्षारोपण कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा नम्बर ७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, पुरातात्व महाशाखाका प्रमुख हिमाल कुमार उप्रेती, वनस्पती शाखा प्रमुख कमलेश्वर वर्मा, प्रशासन शाखाका नवराज अधिकारी, इञ्जिनियरिङ शाखाका किसन विक, देवदह कार्यालयका प्रमुख दामोदर भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij