images

आइतवार, बैशाख ३० गते २०८१

रुपन्देही प्रहरीद्वारा अवैध सामानसहित पीकअप नियन्त्रणमा

रुपन्देही प्रहरीद्वारा अवैध सामानसहित पीकअप नियन्त्रणमा

images
images
images
शुक्रवार, भाद्र २२ २०८०
शुक्रवार, भाद्र २२ २०८०
  • रुपन्देही प्रहरीद्वारा अवैध सामानसहित पीकअप नियन्त्रणमा

    भैरहवा, २२ भदौ । रुपन्देही प्रहरीले अवैध सामान बरामद गरेको छ । प्रहरीले दुई स्थानबाट करिब रु. ४ लाख ३० हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मंगलबार रोहिणी गाउँपालिका–५ स्थित बुचिबाट अन्दाजी मूल्य रु. ८२ हजार ५ सय बरारबको ५५ बोरा चामल बरामद गरेको हो । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छली चोरी ल्याइ सडक छेउमा थुपारी राखेको बेवारिस अवस्थामा फेला पारिएको चामल स्थानीयको रोहबरमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव के.सी.ले बताए । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।

    त्यस्तै प्रहरीले बिहीबार ओमसतिया गाउँपालिका–५ स्थित पट्खौलीबाट अन्दाजी मूल्य रु. ३ लाख ४७ हजार ५ सय बराबरको चिनी (पीकअप गाडीसहित) बरामद गरेको छ ।

    नवलपरासीको सुनवल नगरपालिका–१ का ४५ वर्षिय राम प्रसाद ढकालले चलाएको लु १ च ७२९० नम्बरको पीकअप गाडीमा अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी गरी ल्याउँदै गरेको चिनी र गाडी स्थानीयको रोहबरमा बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद सामान, गाडी र मानिसलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको छ ।

     

            

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij