२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राप्रपा सिद्धार्थनगर–११ को अधिवेशन सम्पन्न

सोमवार , माघ १२, २०७७

  • 6.6K
    Shares
  • 6.6K
    Shares
  • भैरहवा, १२ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ को वडा भेला तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गणेश यादवको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रमिला यादव, सचिवमा सुनिल चाई, कोषाध्यक्षमा दिपक चौधरी, सह–सचिवमा नरदिप बरई, सह–कोषाध्यक्षमा दिपेन्द्र बरई र प्रवक्तामा सुरेश चाई रहेका छन् ।

    त्यस्तै सदस्यमा केदार प्रसाद बरई, बुुद्धिराम गडेरिया, सन्तोली हरिजन, मोहमदीन पठान, सोनमति हरिजन, विजय कुमार तेली, मो.युनुस, विश्वम्भर यादव, रामप्रसाद कुर्मी, पुर्णवासी कुर्मी, राजकुमार यादव, चन्द्रमान कहार, राम प्रसाद लोहार र सगिर पठान निर्वाचित भएका छन् । त्यसै गरी सल्लाहकारमा चौथी हरिजन, राजेश तेली, साधुसरण यादव र त्रिलोकी यादव रहेका छन् ।

    राप्रपा रुपन्देहीका उपाध्यक्ष एवं अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता तथा रुपन्देही अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सुमन राणा, युवा नेता अर्जुन थापा, ई. चन्द्रभक्त श्रेष्ठ, शंकर खत्री, बलराम शर्मा, गुमानसिंह सोनी, विश्वप्रकाश श्रेष्ठ, प्रकाश ढाडी, विरेन्द्र ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।