२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

चालु अधिवेशन अन्त्य गर्ने लुम्बिनी प्रदेश सरकारको निर्णय

मंगलवार , भाद्र २६, २०८०

  • 6.9K
    Shares
  • 6.9K
    Shares
  • दाङ, २६ भदौ । 
    लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य भएको छ । मंगलबार राती १२ बजेदेखि अन्त्य हुने गरी मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुख अमिक शेरचन समक्ष सिफारिस गर्ने निर्णय गर्दै चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । 

    मंगलबार बसेको मन्त्रीपरिषद बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, बाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने, सवारी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निर्णय गरेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बताए । त्यसै गरेर प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरिएको छ ।