images

सोमवार, बैशाख २४ गते २०८१

सैनामैनामा विपद् प्रतिकार्य परियोजना लागू

सैनामैनामा विपद् प्रतिकार्य परियोजना लागू

images
images
images
बिहिवार, भाद्र २८ २०८०
बिहिवार, भाद्र २८ २०८०
  • सैनामैनामा विपद् प्रतिकार्य परियोजना लागू

    रुपन्देही, २८ भदौ ।

    images
    images
    images

    कुन बेला प्रकोप आइपर्छ, पत्तै हुँदैन । प्रकोपले विपद् निम्ताउँछ जसका कारण मानवीय तथा भौतिक क्षेति अपुरणीय हुने गर्छ । मानव सिर्जित क्रियाकलापले आपत्कालिन जोखिमसँगै जलवायुमा आएको परिर्वतनले गर्दा उपयुक्त समयमा मन्सुन हुन सकेको छैन् । विपद् निम्ति सकेपछि मात्र झसँग भइन्छ कि पूर्वतयारी गरिएन र विपद् भएपछिको अवस्थामा प्रतिकार्यमा जुटिएन भनेर ?

    तर, रुपन्देहीको सैनामैना नगरपालिकाले सो सम्बन्धी परियोजना नै लागू गरेको छ । नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको पहलमा शहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजना लागू भएको हो । एक कार्यक्रमकाबीच सो परियोजना सञ्चालनका लागी सैनामैना नगरपालिकाका नगरप्रमुख शर्मा र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

    नेपालमा भएका ७५३ वटा पालिकामध्ये रुपन्देहीको सैनामैना नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिका परियोजना सञ्चालनका लागी छनोटमा परेको हो ।

    सैनामैना नगरपालिकामा उक्त परियोजना ३ वर्षका लागि हुनेछ । ३ वर्षसम्म परियोजनाले ३८१ वटा विपद् न्युनीकरण, व्यवस्थापन, जलवायु परिर्वतनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछ । सो परियोजना सम्पन्न गर्न रु.२ करोड ५२ लाख ११ हजार हुनेछ भने जसमध्ये रु. ५१ लाख खर्च सैनामैना नगरपालिकाले व्यहोर्ने जनाइएको छ ।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शर्माले विपद् बाजा बजाएर नआउने उल्लेख गर्दै जुनसुकै बेला आईपर्ने बताए । विपद् भन्दा अगााडि पूर्वतयारी भन्दा विपद् आइपरेपछि मानिसहरु जुर्मुराएको पाइएको भन्दै यसको लागि पूर्वतयारीसहित अघि बढ्नुपर्ने मेयर शर्माले बताए ।

    रेडक्रस सोसाईटीको मूलमन्त्रलाई आत्मसाथ गर्न सकिए सैनामैनामा घट्ने विपद्को न्यूनीकरण र जोखिमबाट बच्न सकिने भन्दै यो परियोजनाले टेवा दिने उल्लेख गरे ।

    attending.jpg

    सैनामैना नगरपारपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, व्यापार संघ तथा उद्योग वाणिज्य संघ, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलगायतबीच भएको कार्यक्रममा कार्यक्रम संयोजक निलम ढुंगाना, दिवाकर सुवेदीले शहरी पूर्वतयारी तथा आपतकालिन प्रतिकार्य प्रवद्र्धन परियोजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । नगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij