images
images

आइतवार, जेठ ६ गते २०८१

नवलपरासीका उखु किसानले अझै ७ करोड बढी भुक्तानी पाएनन्

नवलपरासीका उखु किसानले अझै ७ करोड बढी भुक्तानी पाएनन्

images
images
images
मंगलवार, माघ १३ २०७७
मंगलवार, माघ १३ २०७७
  • नवलपरासीका उखु किसानले अझै ७ करोड बढी भुक्तानी पाएनन्

    नवलपरासी, १३ माघ ।
    सरकारले गत पुस १३ गते २१ दिनभित्र चिनी उद्योगीले सम्पूर्ण भुक्तानी दिने सम्झौता उखु किसानसंग गरेको थियो । उद्योगीले सो अवधिभित्र उखुको भुक्तानी नगरे उनीहरुको सम्पत्ति जफत गरेर भ एपनि किसानलाई भुक्तानी उपलब्ध गराउने भनि सम्झौतामा उल्लेख छ ।

    images
    images
    images

    सम्झौता अनुरुप माघ ५ गते सम्ममा किसानले उखुको सम्पुर्ण भुक्तानी पाइसक्नुपर्ने हो । तर माघ ११ बितिसक्दा समेत पश्चिम नवलपरासीका उखु किसानहरु भने अझै ७ करोड बढी रुपैयाँ भुक्तानी पाउनबाट अझै वञ्चित छन् । यो भुक्तानी बाँकी दावी रकम उद्योगीले नै दावी गरेको रकम मध्येको हो । कृषकले दावी गरे अनुसार त अझै झण्डै १२ करोड रुपैयाँ उद्योगले भुक्तानी दिन बाँकी छ ।

    उखु उत्पादक किसान संघ नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार ३ वर्ष अघिदेखि इन्दिरा सुगर मिलबाट किसानले दावी गरेको रकम झण्डै ८ करोड रुपैयाँ भए पनि उद्योगले भने जम्मा ४ करोड ७० लाख रुपैयाँ मात्र भुक्तानी बाकी रहेको दावी गरेको छ भने लुम्बिनी चिनी उद्योगबाट पनि किसानले १० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको दावी गरे पनि उद्योगले भने जम्मा ८ करोड ६२ लाख रुपैयाँ मात्र भुक्तानी बाँकी रहेको दावी गरिरहेको छ ।

    पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार प्रतापपुरमा रहेको इन्दिरा सुगर मिलले सोमबारसम्म आफ्नो खातामा डेढ करोड रुपैयाँ जम्मा गरेकोमध्ये जम्मा ३० लाख रुपैयाँ मात्र कृषकको खातामा पठाएको छ भने अर्को सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले पनि ५ करोड रुपैयाँ किसानको खातामा पठाइसकेको छ । भुक्तानी गर्न बाँकी रकम पनि छिट्टै कृषकलाई उपलब्ध गराउन पहल भइरहेको प्रजिअ पाठकले बताए ।

    ‘नेपाल सरकारले तोकेको प्रतिक्वीन्टल ४ सय ७१ रुपैयाँको दर भए पनि उद्योगले भने प्रतिक्वीन्टल ३ सय ८५ का दरले किसानलाई रकम उपलब्ध गराउन खोजेको कारण किसानको र उद्योगीको भुक्तानी दावी रकममा फरक देखिएको हो, उनले भने ‘जसरी भए पनि नेपाल सरकारले तोकेको दर अनुसार नै कृषकलाई छिट्टै रकम उपलब्ध गराउँछौ ।’

    इन्दिरा सुगर मिलले सोमबारसम्ममा अरु थप ६० लाख रुपैयाँ कृषकको खातामा पठाएको बताए पनि प्रजिअ पाठकले भने सोबारे आफुलाई जानकारी नआएको बताए ।

    तर लुम्बिनीले किसानहरूलाई सरकारले तोकेको मुल्य अनुरुप भुक्तानी भने गरेको छैन । प्रतिक्वीन्टल ४ सय ७१ रुपैयाँका दरले उखुको भुक्तानी दिनुपर्नेमा प्रतिक्वीन्टल ३ सय ८५ का दरले किसानको खातामा पैसा हालिदिएको उखु किसानहरुको भनाइ छ ।
    यता कृषकले भने यसपटक पनि सरकारले तोके बमोजिमको दरमा समयमै भुक्तानी बाँकी रकम बुझाउन उद्योगले आलटाल गरेमा पुनः आफुहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij