२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

शुक्रवार , भाद्र २९, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २९ भदौ । 
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ र तथा डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । 

    मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १८०.५०, दोस्रो वर्गमा १८२ र तेस्रो वर्गमा १८३ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रो वर्गमा १७२ र तेस्रो वर्गमा १७३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

    बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।