
मंगलवार , माघ १३, २०७७
भैरहवा, १३ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को भेला तथा अधिवेशशन सम्पन्न भएको छ । अधिवेशनले ओम प्रकाश कोइरीको अध्यक्षतामा २३ सदस्यीय वडा इकाइ समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कलिम मुसलमान, सचिवमा सूर्यमन यादव, कोषाध्यक्षमा परशुराम राजभर, सह–सचिवमा सन्दिप कोइरी र सह–कोषाध्यक्षमा राज कुमार कोहार रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राम दवन कोइरी, अंगद बरई, बंशी वृज बासी, बलिराम चाई, राम सावर यादव, राम शुभग मराव, चन्द्रशेखर प्रसाद पाण्डेय, हरिराम यादव, शुभागी वेल्दार, जर्नादन कोइरी, मिना धोवी, लालमन अहिर, राम केशर चाई, प्रदीव कुमार पाण्डेय, दीप नारायण यादव, कृष्ण बहादुर गिरी र दिपक कुमार पाण्डेय रहेका छन् ।
राप्रपा रुपन्देही उपाध्यक्ष एवं अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सुमन राणा, वरिष्ठ जिल्ला उपाध्यक्ष चन्द्रशेखर पाण्डे, युवा नेता बलराम शर्मा, अर्जुन थापा, शंकर खत्री, दिपक पाण्डे, ई. चन्द्रभक्त श्रेष्ठ, विश्वप्रकाश श्रेष्ठ, प्रकाश ढाडी, विरेन्द्र ज्ञवाली, गणेश यादव लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij