२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

रुपन्देहीमा ‘एन्टरप्रेन्योरसीप बुट क्याम्प–२०२३’ सम्पन्न

आइतवार , भाद्र ३१, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • रुपन्देही, ३१ भदौ । 
    नेपाल युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा ‘एन्टरप्रेन्योरसीप बुट क्याम्प–२०२३’ सम्पन्न भएको छ । आवासीय रूपमा ३ दिनसम्म चलेको कार्यक्रममा नेपालभरीबाट छनौट भएका २७ जना युवाहरुबीच बुट क्याम्प भएको हो ।

    युवाको उद्यमशीलता विकासको लागि राजधानी बाहिर पहिलोपटक युवा उद्यमी मन्च रुपन्देहीको आयोजनामा एन्टरप्रेन्योरसीप  बुट क्याम्प भएको नेपाल युवा उद्यमी मन्च रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठले बताए । उनले आम युवाहरुले आफ्नो देशभित्र नै अवसर देख्ने र सम्भावना खोज्न सक्ने युवा निर्माण गर्न बुट क्याम्प गरिएको बताए । 

    क्याम्पमा प्रमुख प्रशिक्षकको रुपमा पवित्रा गौतमले सहजीकरण गरेका थिए । त्यस गरी तीन दिनमा विभिन्न प्रशिक्षकहरुले आफ्नो अनुभव पेस गरेका थिए । जसमा प्रीज्मा एडभ्रटाइज काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रन्जित आचार्य, शुभाराम एग्रो फार्म प्राइभेट लिमिटेडका अनिल प्रसाद श्रेष्ठ, आई.टी. स्टीलका सृष्टि गुरुङ, मेटल कास्टका निश्चल शर्मा सिद्वि विनायक फुड्सका निश्चल केसी, सिद्धार्थ इन्टरनेशनल कलेजका राम प्रसाद खरेल, काठमाडौं किङ्स कलेजका उदगम खड्का, वोमन लिडरसीप इन टेक्नोलोजी काठमाडौंका नशला जोशी एन्टरप्रेन्योर ट्रेनर मुकुन्द ज्ञवालीले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रमको अन्तिम दिन नेपाली युवा उद्यमी मन्चको राष्ट्रिय अध्यक्ष साहरा जोशीको प्रमुख आतिथ्यतामा भएको थियो ।

    कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, कुशल सुन्दर श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।