आइतवार , भाद्र ३१, २०८०
भैरहवा, ३१ भदौ ।
पेशागत बीमा अभिकर्ता संघ भैरहवा शाखा समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शनिबार भैरहवामा तीजमिलन कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश उपाध्यक्ष रेशम सिंह ठकुरीले नेपाल लाईफ इन्स्योरेन्स बीमा र अभिकर्ता दुवैका लागि राम्रो कम्पनी भएको बताइन् । उनले तीजमा दर खुवाउनु विकृति भन्न नमिल्ने बताइन् । उनले भनिन्, ‘संस्कृतिको संरक्षण गर्नुपर्छ ।’
त्यस्तै नेपाल लाईफ इन्स्यारेन्स भैरहवा शाखा प्रमुख मनिराम ठाकुरले दुःख बिर्सेर खुसी भएर मनाउने पर्वको रुपमा हरितालिका तीज रहेको बताए ।
पेशागत बीमा अभिकर्ता संघ भैरहवा शाखा समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गजेन्द्र कोहारले भैरहवा शाखा समितिले २०७५ सालमा पहिलोपटक तीज मिलन कार्यक्रम गरेको र अहिले २०८० मा गरेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिजकी अध्यक्ष लक्ष्मी अधिकारीले तीज मिलन कार्यक्रममा महिलाको मात्र सहभागीता नभइ सबैको कार्यक्रम बनाउनुपर्ने बताइन् । उनले होटलमा दर खाने कार्यक्रम गर्दा त्यसलाई विकृति भन्न नमिल्ने उल्लेख गरिन् । उनले भनिन्, ‘तीज मनाउँदा गर्व गर्नुपर्छ । चाडपर्व मनाउनुपर्छ ।’
पेशागत बीमा अभिकर्ता संघ भैरहवा शाखा समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष गजेन्द्र कोहारको अध्यक्षता, लुम्बिनी प्रदेश उपाध्यक्ष रेशम सिंह ठकुरीको प्रमुख आतिथ्यता, भैरहवा शाखा सदस्य चन्द्रकला थापाको स्वागत तथा लुम्बिनी प्रदेश समिति सह-सचिव मोती प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij