
बुधवार , आश्विन ३, २०८०
विर्तामोड, ३ असोज ।
मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको विर्तामोडमा सञ्चालनमा ल्याउन लागेको छ ।
स्टोर झापा जिल्लाको व्यापारिक शहर विर्तामोडको भगवान चोकमा यही असोज ४ गतेबाट सञ्चालनमा आउने भएको हो । विर्तामोडमा सञ्चालनमा आउने यो स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेससहित सञ्चालनमा आउन लगेको हो । २ अर्ब बढी लगानीमा सञ्चालनमा आउन लागेको यो स्टोर कोशी प्रदेशको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।
स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाइने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ती शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ । नेपालमै अन्तर्राष्ट्रियस्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउँछन ।
देशमा व्याप्त आर्थिक मन्दीका कारण व्यापार व्यवसायमा निराशा छाएको बेला भाटभटेनीको सञ्चालनले पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ । भाटभटेनीको स्थापनाले विर्तामोड लगयत पूर्वी नेपालकै आर्थिक तथा पर्यटकीय गतिविधि समेत बढ्ने देखिन्छ ।
उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवं गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामानको मूल्य र गगुणस्तरमा ग्राहक ठगिन नपर्ने हुँदा भाटभटेनी यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाइ बन्ने क्षेत्रीय व्यवस्थापक बिनोद भट्टराईले बतए ।
भाटभटेनी ब्यवसाय मात्र नभइ रोजगारी आभियान पनि रहेको र यो स्टोरमा यस क्षेत्रका करिब ३ सय स्थानीयले रोजगर प्राप्त गरेको अध्यक्ष मीन बहादुर गुरुङ बताउँछन । असोज ४ गते बिहीबारबाट सञ्चालनमा आउने सुपर स्टोरको लागि सम्पूर्ण तयारी पूरा भएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।
यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्राण्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनाएको छ । विर्तामोडमा २६ औं स्टोर सञ्चालनमा आएपश्चात झापाको दमकमा समेत आगामी वैशाखसम्ममा २७ औ स्टोर सञ्चालनमा आउने भाटभटेनीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij