शनिवार, मंसिर १६ गते २०८०

उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा दर्पण श्रेष्ठले दिए उम्मेदवारी

उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा दर्पण श्रेष्ठले दिए उम्मेदवारी

images
images

खबर पात्रो

३, आश्विन २०८०
  • 2.7K
    SHARES
  • उद्योग व्यापार संगठन रुपन्देहीको अध्यक्षमा दर्पण श्रेष्ठले दिए उम्मेदवारी

    भैरहवा, ३ असोज ।
    चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनको निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

    निर्वाचन अधिकृत जगत बहादुर रायमाझीका अनुसार संगठनको अध्यक्ष पदमा दर्पण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले हाल संगठनको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । 

    images
    images

    त्यस्तै वरिष्ठ उपाध्यक्षमा सचिन रोक्का, उपाध्यक्ष (उद्योगतर्फ) मधुसुदन अर्याल, उपाध्यक्ष (वाणिज्यतर्फ) राम मिलन यादव, महासचिवमा लक्ष्मी अधिकारी र कोषाध्यक्षमा सुरेन्द्र कुमार पाण्डेयले उम्मेदवारी दर्ता गराएको ८ औं अधिवेशन निर्वाचन समितिले जनाएको छ ।

    त्यसै गरी सचिवमा गौतम कुमार गुप्ता, कृष्ण प्रसाद पाण्डे, सह–कोेषाध्यक्षमा सन्तोष शुक्ला, सदस्य (एशोसियट) मा राम अवध गुप्ता र सदस्य (संस्थागत) तर्फ राजेश महोत्राले उम्मेदवारी दर्ता गराएका छन् ।

    सदस्य (उद्योगतर्फ) मा प्रभु प्रसाद यादव, राम प्रसाद भण्डारी, सिकन्दर अलि धुनिया र राम प्रसाद श्रेष्ठ तथा सदस्य (वाणिज्यतर्फ) गोविन्द सापकोटा जैसी, कृष्ण प्रसाद मरासिनी, दिनेश गुप्ता र धिरज कुमार मल्लिकले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

    सम्पूर्ण पदमा एकल उम्मेदवारी परेकोले सम्पूर्ण उम्मेदवार निर्विरोध निर्वाचित हुने भएका छन् । चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन यही असोज ६ गते भैरहवामा हुँदैछ । 

     

    images
    प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - १६:५०:४९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij