२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

रुपन्देही प्रहरीद्वारा १६ क्वीन्टल अवैध माछा बरामद

शुक्रवार , आश्विन ५, २०८०

भैरहवा, ५ असोज ।
रुपन्देही प्रहरीले ठूलो परिमाणमा भन्सार छलेर ल्याइएको अव्रध माछा बरामद गरेको छ । शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले रोहिणी गाउँपालिका–६ स्थित बोधबारबाट अन्दाजी रु. ४ लाख ८० हजार बराबरको ३२ कार्टुन (अन्दाजी १६ क्वीन्टल) माछा बरामद गरेको हो ।

अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइ रोहिणी–६ बोधबारस्थित जलिल गद्दीको खाली घरमा लुकाईछिपाई राखिएको बेवारिसे अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए ।

फेला पारिएको माछा स्थानीयबासीको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन चेकपोष्ट बेलहिया, रुपन्देहीमा पठाइएको प्रहरी निरीक्षक के.सी.ले जानकारी दिए ।