२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

उद्योग व्यापार संगठन रुपन्देहीमा नयाँ नेतृत्व, दर्पण श्रेष्ठ बने अध्यक्ष

शनिवार , आश्विन ६, २०८०

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ६ असोज ।
    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को अध्यक्षमा दर्पण श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न संगठनको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट आगामी कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । 

    त्यस्तै संगठनको निवर्तमान अध्यक्षमा अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्षमा सचिन रोक्का, उपाध्यक्षमा (उद्योगतर्फ) मधुसुदन अर्याल, उपाध्यक्षमा (वाणिज्यतर्फ) राम मिलन यादव, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा सुरेन्द्र कुमार पाण्डेय, सचिवमा गौतम कुमार गुप्ता र कृष्ण प्रसाद पाण्डे रहेका छन् । त्यसै गरी सह–कोषाध्यक्षमा सन्तोष शुक्ला र एशोसियट सदस्यमा राम अवध गुप्ता रहेका भएका छन् ।

    381487855_691971299091762_1358600134895216481_n.jpg

    निर्वाचन समितिका अनुसार संगठनको उद्योग सदस्यतर्फ प्रभुप्रसाद यादव, रामप्रसाद भण्डारी, सिकन्दर अलि धुनिया र राम प्रसाद श्रेष्ठ रहेका छन् । त्यसै गरी वाणिज्य सदस्यतर्फ गोविन्द सापकोटा जैसी, कृष्ण प्रसाद मरासिनी, दिनेश गुप्ता र धिरज कुमार मल्लिक निर्वाचित भएका छन् । संगठनको महिला सदस्यमा माया खनाल र मिनिता थापा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।