२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

खबरपात्रोकर्मी गुप्तालाई ‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’

शनिवार , आश्विन ६, २०८०

भैरहवा, ६ असोज ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले खबरपात्रोकर्मी रबिन्द्र प्रताप गुप्तालाई ‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मान गरेको छ ।

सिद्धार्थनगरलाई कर्मथलो बनाएर निरन्तर क्रियाशिल रही उद्योग, व्यापार, पर्यटन, कृषि तथा सामाजिक क्षेत्रको विकासका लागि पत्रकारिता क्षेत्रमार्फत योगदान पुर्याएको भन्दै गुप्तालाई नगद रु. २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको संस्थाले जनाएको छ ।

उनलाई शनिबार भैरहवामा भएको चेम्बर अफ कमर्श, रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको अवसरमा नेपाल चेम्बर अफ कमर्श, लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीलगायतले सम्मान गरेका हुन् । यसअघि सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कारबाट पत्रकार कुलमणि ज्ञवाली सम्मानित भइसकेका छन् ।

गुप्ता खबरपात्रो डट कमका समाचार सम्पादक हुन् । उनी खबरपात्रो डट कमसहित विभिन्न सञ्चार माध्यममा आबद्ध छन् ।

त्यस्तै कार्यक्रममा उद्योगी, व्यवसायी, संस्थाका आजीवन सदस्यहरुलगायतलाई सम्मान गरिएको थियो ।