
आइतवार , आश्विन ७, २०८०
रुपन्देही, ७ असोज ।
सितारा बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिबार तिलोत्तमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष राम बहादुर खडकाले गरे ।
सहकारीका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षतामा भएको सभामा बोल्दै प्रमुख अतिथि खड्काले सहकारीहरु ऐन, नियम र कानून अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको बताए ।
उनले व्यक्तिगत रुपमा सञ्चालन आएका सहकारीहरुमा समस्या आएकोले सबै सचेत बन्नुपर्ने बताए । आफूहरुले सहकारी स्थापना गर्दा सदस्यहरुको आर्थिक, सामाजिक र कृषिको उन्नयनको परिकल्पना गरेको बताए ।
उनले गलत मनसायहरुले सञ्चालन गरेका सहकारीले यस क्षेत्रकै बदनाम गरेको बताए । यस क्षेत्रको राम्रो विश्वासिलो उत्कृष्ट सहकारी भएकाले ढुक्कसँग सदस्यहरुलाई कारोबार गर्न खड्काले आग्रह गरे ।
सहकारीका अध्यक्ष मातृका ज्ञवालीले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष भन्दा सेयर संख्या थप भएको आर्थिक कारोबारमा मितव्यीता अपनाई यस वर्ष १७ं प्रतिशत लाभान्स दिने बताए ।
२०६४ सालमा २५ जनाबाट सुरु भएको यो सहकारीमा सदस्यको संख्या अहिले ७२६ पुगेको र यस वर्ष पनि थपिदै जाने बताए । उनले सबै सेयर सदस्यहरुको बीमा गरिएको र सहकारीलाई मर्जर गर्ने प्रक्रियालाई यथावत राखिएको बताए ।
लेखा संयोजक कृष्ण प्रसाद आचार्यले लेखा सुपरीवेक्षण प्रतिवेदन र कोषाध्यक्ष पिताम्बर खनालले आय व्ययको प्रतिवेदन र आगामी बर्षको लागि बजेट प्रस्तुत गरेका थिए ।
साधारण सभामा विशिष्ट अतिथी डा. प्रान्शु नेपालले सितारा सहकारीमा सुशासन रहेको बताउँदै अहिलेको विकराल अवस्थामा पनि १७ प्रतिशत नाफा दिने भनेको उत्कृष्ट व्यवस्थापन रहेको बताए । उनले नेपालमा ३० हजार सहकारीले विभिन्न माध्यमबाट ८८ हजारलाई रोजगारी दिएको बताए । उनले सरकारले सहकारीलाई हेर्ने दृष्टिकोण अहिले पनि सकारात्मक हुन नसकेको बताए ।
सहकारीका सल्लाहकार यादव भण्डारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी, सहकारीका सदस्यहरुकोतर्फबाट विष्णु भुसाल, सल्लाहकार गणेश पन्थीलगायतले संस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा जेष्ठ नागरिक खगनाथ भण्डारी, असल ऋणी सपना कक्षपति, कक्षा १२ र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी स्वस्तिका ज्ञवाली र लेखा कर्मचारी प्रतिमा भण्डारीलाई सम्मान गरिएको थियो । मातृका ज्ञवालीको अध्यक्षता तथा उपाध्यक्ष रमेश पराजुलीको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij