२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको अध्यक्षमा पोख्रेलको उम्मेदवारी

सोमवार , आश्विन ८, २०८०

भैरहवा, ८ असोज ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको १० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन अन्तर्गत सोमबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ । संगठनको यही असोज ११ गते हुने निर्वाचनको अन्तर्गत पदाधिकारी तथा सदस्यहरुका लागि उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक सुरेन्द्र बस्यालले बताए ।

संगठनको अध्यक्षमा राम प्रसाद पोख्रेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा लिलाधर भट्टराई, उपाध्यक्षमा नरेन्द्र खनाल, उपाध्यक्षमा दिनबन्धु खनाल, महासचिवमा बाल बहादुर घिमिरे, सचिवमा कल्पना न्यौपाने, कोषाध्यक्षमा दल बहादुर थापा र सह–कोषाध्यक्षमा गुनाखर गौतमको उम्मेदवारी दर्ता भएको बस्यालले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा शुभराज गौतम, अर्जुन प्रसाद गौतम, रोमकान्त भट्टराई, पदम प्रसाद पन्थ, हुमनाथ ढकाल, ज्ञानेश गुरुङ्ग र सुशिल पौडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सम्पूर्ण पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण उम्मेदवार निर्विरोध निर्वाचित हुने देखिएको छ 

संगठनको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका पोख्रेलले हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । 

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको १० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन यही असोज ११ गते बिहीबार भैरहवामा हुने अध्यक्ष पिताम्बर न्यौपाने (विष्णु)ले बताए ।