२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

मंगलवार , आश्विन ९, २०८०

लुम्बिनी, ९ असोज ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन् । पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा, कोषाध्यक्ष सिद्विचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले स्वागत गरेका हुन् ।

नेपालले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गर्नुका साथै मायादेवी मन्दिरसँगै अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको समेत भ्रमण गरेका हुन् । पूर्व प्रधानमन्त्रीलाई लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिका बारेमा जानकारी गराइएको थियो । 

लुम्बिनीलाई वृहत क्षेत्रको हिसाबले विकास गरी विश्वकै पर्यटकीय केन्द्र बनाएर लुम्बिनीको विकास गर्न पहल गर्न उपाध्यक्ष डा. लामालाई शुभकामना समेत व्यक्त गरे । 

लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदामध्ये अग्रणी सम्पदा भएको भन्दै उहाँले लुम्बिनी लगायत बुद्धसँग सम्बन्धित पुरातात्विक क्षेत्रलाई समेटेर वृहत्तर लुम्बिनीका रुपमा विकासमा सहयोग गर्ने समेत नेपालले प्रतिवद्धता व्यक्त गरे ।