images
images

आइतवार, जेठ ६ गते २०८१

उपाध्यक्ष डा. लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद 

उपाध्यक्ष डा. लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद 

images
images
images
बुधवार, आश्विन १० २०८०
बुधवार, आश्विन १० २०८०
  • उपाध्यक्ष डा. लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद 

    भैरहवा, १० असोज । 
    लुम्बिनी विकास कोषले नेपाली सेनालाई अनुरोध गरी प्राचिन शाक्यहरुको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणका लागि प्रारम्भिक मनोनयन दस्तावेज पेश गर्ने तयारी भइरहेको बेलामा तिलौराकोटको उत्तरतर्फ रहेको झाडीको सफाई गरिएको हो ।

    images
    images
    images

    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहारक्याल लामा (खेन्पो छिमे) ले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गर्दा सौन्दर्यकरणको आवश्यकता देखिएपछि सौन्दर्यकरणका लागि तत्कालै नेपाली सेनासँग समन्वय गरेका थिए । असोज ४ गतेदेखि नेपाली सेनाको शमसेर दल गण गोरुसिंगेका नेपाली सेनाको टोलीले झाडी र बुट्यानको सरसफाई गरेका छन् । 

    बुधबार कोषका उपाध्यक्ष डा. लामासहित पदाधिकारी र २२ नम्बर बाहिनी बुटवलका बाहिनीपती ललितबहादुर कुवँरसहितको टोलीले तिलौराकोट क्षेत्रमा पुगेर सरसफाईमा खटिएका सेनालाई उत्साह थपेका छन् । 

    उपाध्यक्ष डा. लामाले विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको पुरातात्विक र पर्यटन प्रवद्र्धनका लागि सरसफाई गरिएको बताए । उनले तिलौराकोट बुद्धले सिद्धार्थ गौतमका रुपमा २९ वर्ष विताएको पवित्र स्थल रहेकाले यसको विकासलाई आफूले प्राथमिकतामा राखेको बताए ।

    उपाध्यक्ष लामाले झाडी र बुट्यानले पुरातात्विक अवशेषलाई समेत असर पार्न सक्ने र सुन्दर समेत नभएकाले नेपाली सेनाले आफूहरुको अनुरोध स्विकार गरेर सफाई गरेकोमा धन्यवाद दिए । ‘पवित्र स्थल सफा गर्न खटिएका नेपाली सेनालाई कोषकातर्फबाट धेरै धन्यवाद छ’ उनले भने । 

    mmmmmc.jpg

    झाडी बुट्याउनले जमिनमुनीको पुरातात्विक संरचना नष्ट गरिराखेकाले करिब २ विगाहा क्षेत्रफलमा जराहरु हटाइएको छ । त्यस्तै करिब ५ विगाहा क्षेत्रफलमा बुट्यान सफाई गरिएको नेपाली सेनाले जनाएको छ । 

    तिलौराकोकाट निरीक्षणमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य गोपीकृष्ण शर्मा, कोषका वरिष्ठ निर्देशक ज्ञानिन राई, वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, शमशेर दल गण गोरुसिंगेका गणपती दिलिप घलेलगायतको उपस्थिति रहेको थियो । 

    नेपाली सेनाले अझै एक सातासम्म तिलौराकोट क्षेत्रमा सरसफाई गर्ने कोष तिलौराकोट शाखा प्रमुख माधव प्रसाद आचार्यले जानकारी दिए । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सह–सचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गलेसमेत तिलौराकोट क्षेत्रको निरीक्षण भ्रमण गरेका थिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij