images
images

आइतवार, जेठ ६ गते २०८१

विश्व पर्यटन दिवस : बेलहियामा विदेशी पर्यटकलाई स्वागत

विश्व पर्यटन दिवस : बेलहियामा विदेशी पर्यटकलाई स्वागत

images
images
images
बुधवार, आश्विन १० २०८०
बुधवार, आश्विन १० २०८०
  • विश्व पर्यटन दिवस : बेलहियामा विदेशी पर्यटकलाई स्वागत

    भैरहवा, १० असोज ।
    ४४ औं विश्व पर्यटन दिवस–२०२३ को अवसरमा नेपाल भित्रिने पर्यटकलाई सीमा नाका बेलहियामा स्वागत गरिएको छ । दिवसको अवसरमा ६ जना विदेशी पर्यटकलाई बुधबार बिहान बेलहिया नाकामा स्वागत गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव संजय बजिमयले बताए । महासचिव बजिमयका अनुसार चारजना अमेरिकी, एकजना ब्रिटिश र एकजना भियतनामी पर्यटकलाई स्वागत गरिएको हो ।

    images
    images
    images

    सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजना तथा सिद्धार्थनगर नगरपालिका, पर्यटन विकास परिषद् बुटवल, रुपन्देही, पर्यटन डिभिजन कार्यालय भैरहवा रुपन्देही र नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीको सह–आयोजनामा सिद्धार्थनगर–१ स्थित बेलहियामा आयोजना गरिएको कार्यक्रममा पर्यटकहरुलाई स्वागत गरिएको हो ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीलगायतले पर्यटकहरुलाई स्वागत गरेका हुन् ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सबै मिलेर स्वागत गरेर सहज तरिकाले पर्यटक नेपाल भित्र्याउन सके आउने दिनमा पर्यटनको माध्यमबाट मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताए । उनले भने, ‘पर्यटकलाई सम्मान गर्नुपर्छ । ’ मुस्कानसहित पर्यटकलाई स्वागत गर्नुपर्ने मन्त्री पाण्डेयको भनाइ छ ।

    नेपाललाई प्रकृतिले पर्यटनको देश बनाएको मन्त्री पाण्डेयले उल्लेख गरे । पर्यटकको कुनै जात, धर्म नहुने उनको भनाइ छ । यसका साथै भारतीय पर्यटकलाई नेपालमा अहिले २५ हजार भारतीय रुपैयाँ मात्र बोक्न पाइने व्यवस्थालाई प्रदेश सरकारले गम्भिरतापूर्वक लिएको मन्त्री पाण्डेले बताए । उनले केन्द्रिय सरकारसँगको सहकार्यमा यसलाई ४ देखि साढे ४ लाख भारतीय रुपैयाँसम्म ल्याउन पाउने व्यवस्थाका लागि पहल भइरहेको बताए ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले भारतीय पर्यटकलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भारतीय पर्यटकले बढी पैसा खर्च गर्ने गरेको बताए । उनले भने, ‘पर्यटकलाई सम्मान गर्न सके उनीहरु आफ्नो देशमा फर्केर नेपालको प्रचारप्रसार गर्छन् । ’

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले नेपालमा धेरै पर्यटकलाई भित्र्याएर आर्थिक चलायमान बनाउन सकिने बताए । उनले बेलहिया नाकालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष ज्ञवालीले पर्यटक कसरी भित्र्याउने भन्ने उद्देश्यतर्फ लाग्नुपर्ने बताए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij