
बुधवार , माघ १४, २०७७
भैरहवा, १४ माघ ।
पालिकास्तरमा खोप र सरसफाई प्रवद्र्धन कार्यक्रमको समिक्षा, सुक्ष्म योजना अद्यावधिक र पालिका खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम बुधबार भैरहवामा सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा पालिकास्तरिय खोप समन्वय समिति पनि गठन भएको छ । जसका सदस्यहरुमा उमा काफ्ले, तुल्सीराम मरासिनी, रमेश मल्ल, दिपक थापा, थानेश्वर पौडेल, मुक्तिनाथ यादव, चेत बहादुर क्षेत्री, विरेन्द्रनाथ श्रीवास्तव, भिमसेन कर्माचार्य, राजनजंग राणा, शेषकान्त भण्डारी, विजयनाथ धवल, दिलिप यादव, सतिस प्रसाद मर्सानी, करुञ्जन श्रेष्ठ, उमादेवी थापा र चेतनशिल लम्साल रहेका छन् । यसैबीच पालिकास्तरमा एम.पी.डी.एस.आर.सम्बन्धी अभिमुखीकरण र समिति गठन भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेको अध्यक्षतामा समिति गठन भएको हो । जसको सदस्यहरुमा तुल्सीराम मरासिनी, चेत बहादुर क्षेत्री, सदस्य सचिवमा उमा देवी थापा, सदस्यमा गीता देवी न्यौपाने, सुधा अधिकारी, तेज कुमार केसी, सिर्जना घिमिरे रहेका छन् । समितिले मातृमृत्युदर तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्यमा काम गर्नेछ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उमादेवी थापाले नगरको स्वास्थ्यको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रममा उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वडा अध्यक्ष थानेश्वर पौडेल लगायतले बोलेका थिए । कार्यक्रमकोे सञ्चालन स्वास्थ्य शाखा कम्युनिटी निरीक्षक गिता न्यौपाने पोखरेलले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij