images
images

आइतवार, जेठ ६ गते २०८१

बसन्तपुरमा मनाइयो विश्व पर्यटन दिवस 

बसन्तपुरमा मनाइयो विश्व पर्यटन दिवस 

images
images
images
शुक्रवार, आश्विन १२ २०८०
शुक्रवार, आश्विन १२ २०८०
  • बसन्तपुरमा मनाइयो विश्व पर्यटन दिवस 

    बुटवल, १२ असोज । 
    लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुरमा विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विकास र समृद्धिको आधार पर्यटन भएको भन्दै यो क्षेत्रमा नयाँ पुस्तालाई पनि आकर्षित गर्नुपर्ने व्यवसायी, सरकारी अधिकारी र सरोकारवालाहरुले जोड दिएका छन् ।

    images
    images
    images

    नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) लुम्बिनीको आयोजना र एम्स कलेजका विद्यार्थीको समूह काउन्सील अफ एम्स स्टुडेन्टको अग्रसरतामा बसन्तपुरमा लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना विषयक अन्तरक्रिया भएको थियो ।

    विश्व पर्यटन दिवसको सन्दर्भमा लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा आयोजना भएको कार्यक्रममा सहभागीहरुले पर्यटकहरुलाई आकर्षित गर्न ऐतिहासिक, पुरातात्वीक, साँस्कृतिक र प्राकृतिक स्थलहरुको पहिचान गरी ती ठाउँको पर्यटकीय विकास गर्नुपर्ने उल्लेख गरे ।

    नाट्टा लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले अब पर्यटकीय गतिविधिहरु बढाउन आवश्यक भएकाले विद्यार्थीहरुसँग पनि पर्यटन सम्बन्धी कार्यक्रम आयोजना गरिएको बताइन् । उनले विद्यार्थीहरुलाई यस सम्बन्धी खोज र अध्ययनमा लागी नेपालमै अवसर खोज्न आग्रह गरिन् ।

    एम्सका क्याम्पस प्रमुख दिपक ढकालले नियमित अध्ययनबाहेक विद्यार्थीहरुको व्यवसायिक क्षमता विकास होस भनेर कलेजका  तर्फबाट पर्यटन सम्बन्धी कार्यक्रम गरेको जानकारी दिए ।
    तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो गाउँपालिका र सिंगो पाल्पा पर्यटकीय हब भएकाले यहाँको पर्यटकीय विकास गर्न सके थुप्रै भारतीय पर्यटकहरुलाई आकर्षित गर्न र भुलाउन सकिने बताए । उनले युवा पुस्ताहरुलाई पर्यटन क्षेत्रमा सम्भावना खोज्न पनि आग्रह गरे ।

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष उज्वलप्रसाद कसजुले पर्यटन क्षेत्र चलायमान भएमा यही रोजगारीको सम्भावना बढ्ने भन्दै विदेश जाने सोंच त्याग्न विद्यार्थीहरुलाई आग्रह गरे । युवा पुृस्ता बाहिरिने क्रम बढेमा मुलुकको आर्थिक अवस्था अझ कमजोर हुने उनले उल्लेख गरे ।

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले होटल र पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको आवश्यक रहेको भन्दै विदेश जाने सोँच नबनाउन विद्यार्थीहरुलाई अनुरोध गरे ।

    नाट्टा पाल्पाका संस्थापक अध्यक्ष प्रदीप उदयले पाल्पामा नयाँ पर्यटकीय गन्तव्यको पहिचान भएको र ट्रेकिङ तथा हाइकिङको समेत आनन्द लिन सकिने उल्लेख गर्दै भ्रमण गर्न आग्रह गरे ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक अरुण सिंहले विद्यार्थीहरुले पर्यटनहरुमा अवसर भएकाले अवसरको खोजी गर्न वृत्ति विकास गर्न अभिप्रेरित गरे ।

    लुम्बिनी केबलकारका विभागिय प्रमुख रुपेस पौडेलले आन्तरिकसँगै मुलुकबाहिरका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले केबलकार स्थापना गरिएको भन्दै पाँचतारे होटल लगायत अरु संरचना निर्माण हुने उल्लेख गरे ।

    नाट्टा लुम्बिनीकी सदस्य सिता बस्यालले आफू केही वर्ष विदेश बसे पनि पछि आएर नेपालमै पर्यटन व्यवसायमा आबद्ध भएको सुनाइन् ।

    नाट्टा लुम्बिनीका सदस्य बरुण ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समिक्षा गरे।

    सो अवसरमा विद्यार्थीहरु सरिता चौधरी, संगित शेरचन, द्रिष्टीना राना र महिमा कुर्मीले पर्यटकीय सम्भावनाका बारेमा आफ्ना धारणा राखेका थिए ।

    कार्यक्रममा एम्स कलेजमा बीबीएस तेस्रो वर्षतर्फ लुम्बिनी प्रदेश प्रथम भएकोमा नगदसहित पुरस्कृत गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij