images
images

आइतवार, जेठ ६ गते २०८१

चीनसँगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन 

चीनसँगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन 

images
images
images
शनिवार, आश्विन १३ २०८०
शनिवार, आश्विन १३ २०८०
  • चीनसँगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन 

    रुपन्देही, १३ असोज । 
    विश्वकै ठूलो अर्थतन्त्र भएको छिमेकी मुलुक चीनबाट नेपालले आफ्नै कमजोरीका कारण अपेक्षाकृत सहयोग र लाभ लिन चुकेको सरोकारवालाहरुले बताएका छन् । 

    images
    images
    images

    चीनको ७४ औं राष्ट्रिय दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले शनिबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्ने वक्ताहरुले चीनले नेपालको औद्योगिक विकासका लागि स्थापना गरिदिएका उद्योगहरु राम्ररी चलाउन नसकेर बन्द गर्नु, नेपालको राजनीति सधैं अस्थिर भइरहनु, परराष्ट्र नीति सन्तुलित र विश्वसनीय बनाउन नसक्दा सबैभन्दा नजिकको छिमेकी चीनबाट आर्थिक सहयोग र लगानी भित्राउन नसकेको टिप्पणी गरे । 

    सो अवसरमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको छिमेकी मुलुक चीनबाट नेपालले अपेक्षाकृत लाभ लिन चुकेको बताए । उनले चीन नेपालको असल र सहयोगी छिमेकी भएपनि नेपालको आफ्नै कमजोरीका कारण अपेक्षाकृत लाभ लिन नसकिएको औंल्याए ।

    नेपालको निरन्तरको राजनीतिक अस्थिरता र नेपालका प्रधानमन्त्रीहरुको चीन भ्रमणका क्रममा धेरै क्षेत्रमा सहमति गर्ने तर कार्यान्वयन पक्ष कमजोर हुँदा चीनको विश्वास जित्न नसक्दा सोचे अनुसार सहयोग र लगानी भित्राउन नसकिएको शेरचनले बताए । 

    ‘२००७ साल यता पञ्चायत, वहुदल र गणतन्त्र गरी सबै व्यवस्थामा कुनै सरकार पाँच वर्ष स्थिर हुन नसक्दा चीनलाई विश्वासमा लिन सकिएन’–शेरचनले भने–‘अब धेरै क्षेत्रमा सहयोग माग्न भन्दा नेपालको व्यापार घाटाको मुख्य कारण बनेको इन्धन आयात घटाउन विद्युतीय सवारीसाधन नेपालमै उत्पादन वा एसेम्बल र नेपालका सबैखाले प्राकृतिक स्र्रोत साधनको भरपूर सदुपयोगमा चीनसँग सहकार्य गर्ने विषयमा केन्द्रीत हुन आवश्यक छ ।’ 

    माओत्सेतुङले नयाँ चीन स्थापना गर्नुअघि चीनको आर्थिक अवस्था नेपालको भन्दा खराब रहेको तर चिनीया नागरिकको अथक मेहनत र अनुशासनले अहिले विश्वकै शक्तिशाली अर्थतन्त्र भएको देश बनेको शेरचनले उल्लेख गरे । 

    नेपालले एक चीन नीतिलाई कडाइका साथ पालना गर्नुपर्ने भन्दै शेरचनले अहिलेको आर्थिक संकटबाट मुक्ति पाउन चीनको सहयोग लिन सरकार र दलहरुको ध्यान जानुपर्ने शेरचनले सुझाए । 

    नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनसँग सरकारी तह र जनस्तरमा पनि सम्बन्ध विस्तार गरी नेपालमा चिनिया लगानी भित्राउन र १५ करोड चिनियां बौद्धमार्गीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा आकर्षित गर्न समाजले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताए । 

    अन्तरक्रियामा लुम्बिनीस्थित चिनिया बिहारका भिक्षु, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्य, प्रा.डा. कपिलदेव लामिछाने, डा. ऋषिराम शर्मा, डा. सागर न्यौपाने, उद्योगीहरु उज्ज्वल कसजू, एजाज आलम, टंक पोखरेल, प्राज्ञ बुंद रानालगायतले चीनको राष्ट्रिय दिवसमा एक साता लामो विदा हुने भएको तयो अवधिमा चिनिया पर्यटकलाई नेपाल भित्राउन विशेष योजना र प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए ।    
     
      
       
     
     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij