२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी केबलकारको सेवा तीनदिन बन्द रहने  

शनिवार , आश्विन १३, २०८०

बुटवल, १३ असोज । 
लुम्बिनी केबलकारको सेवा असोज १४ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । केबलकारको नियमित मर्मतसम्भारका लागि असोज १४ गतेदेखि १७ गतेसम्म पूर्ण रुपमा सेवा बन्द हुने लुम्बिनी केबलकार लि.का अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए ।

केबलकारमा कुनै प्राविधिक  समस्या आएर नभई नियमित प्रकृया अन्तर्गत पहिलोपटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको सैजूले बताए । 

तीनदिन सेवा बन्द हुँदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले जानकारी दिए ।

आईएमई ग्रुपको मुख्य लगानी र स्थानीयको समेत गरी कूल ५ अर्ब लागतको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेका छन् ।