
शनिवार , आश्विन १३, २०८०
भैरहवा, १३ असोज ।
लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.ले उद्योगी–व्यवसायीका समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । उनले उद्योगी–व्यवसायीको हकहितका लागि सदनमा निरन्तर आवाज उठाएको बताइन् ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १६ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको भैरहवामा आयोजित पदस्थापन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य के.सी.ले उद्योगी–व्यवसायी सफल नभएसम्म राष्ट्र सफल हुन नसक्ने बताए । उनले भनिन्, ‘सरकारले योजना बनाउनुपर्छ । एउटा संस्था तथा कम्पनीले कति ठाउँमा राजस्व बुझाउने ?’
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेशकी प्रमुख सचेतक समेत रहेकी बेल्बासे के.सी.ले पछिल्लो समय खाद्यान्नको विक्रीमा समेत कमी भएको पाइएको बताइन् । उनले सीमा नाकामा पर्यटकलाई एकपटक चेकजाँच गरिसकेपछि ठाउँठाउँमा चेकजाँचको नाममा दुःख दिन नहुने धारणा राखिन् ।
उनले भनिन्, ‘सीमा कडाइको नाममा सर्वसाधारणले दुःख पाउनु र रातारात अवैध रुपमा ट्रकका ट्रक सामान भित्रिनु गलत हो । यसतर्फ सुरक्षा निकायले पनि ध्यान दिनुपर्छ ।’ पर्यटन विकासको मुख्य आधार भएको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij