
आइतवार , श्रावण १८, २०७७
भैरहवा, १८ साउन ।
सवारी दुुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सामाजिक क्षेत्रमा क्रियाशिल संस्था रोट्रयाक्ट क्लब अफ भैरहवाले ट्राफिक सचेतना जगाउने कार्यक्रम सञ्चालन गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको एक्लो प्रयासले नहुने भएकोले ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको क्लबका संस्थापक अध्यक्ष तथा रोटरी इन्टरनेशनल ३२९२ नेपाल एण्ड भुटान जोन–११ का तत्कालीन जेडआर आर हालका एडीटी प्रकाश शर्माले बताए ।
क्लबले भैरहवा अञ्चलपुरस्थित ट्राफिक चेकपोष्ट नजिकै वैरियर्समा विभिन्न सन्देशमुलक सूचना लेखिएको ८ वटा डिजिटल व्यानर राखेको क्लबका अध्यक्ष सरिता रानाले बताइन् । “हाम्रो मुख्य उद्देश्य भनेकै सवारी दुर्घटना न्यूनीकरण होस् भन्ने नै हो, ट्राफिक प्रहरीको एक्लो प्रयासले मात्र हुँदैन, सबैको सहयोग र हातेमालोको आवश्यकता छ, रानाले भनिन् ।”त्यस्तै सोही कार्यक्रम अन्तर्गत तीन सय सवारीचालक तथा यात्रुहरुलाई मास्क समेत वितरण गरिएको उनले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख राजेन्द्र अधिकारीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकता रहेको औल्याए ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रहरी नायब निरीक्षक उपेन्द्र बहादुर बुढाथोकी, रोट्रयाक्ट क्लब अफ भैरहवाका सल्लाहकार संजिव शर्मा रेग्मी लगायतले बोलेका थिए ।
क्लब एडिटर विष्णु भट्टराईको स्वागत तथा सचिव करिम खानको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij