२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलन : प्रचण्ड

बिहिवार , माघ १५, २०७७

  • 5.5K
    Shares
  • 5.5K
    Shares
  • बुटवल, १५ माघ । 
    नेकपा प्रचण्ड-माधव नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि आन्दोलन गर्नु परेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धीको हत्या गर्ने उद्देश्यले संविधान च्यातेर प्रतिनिधिसभा विघटन गर्दै सामन्ती निरंकुशताको एजेण्ट जस्तो भएर निस्केकोले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।

    देश र जनताको चाहना बमोजिम मुलुकलाई सामाजिक न्याय र समृद्धि हासिल गर्ने दिशातिर लैजाने उद्देश्यले गरिएको पार्टी एकताको भावना र मर्मविपरीत गैरराजनैतिक र असंवैधानिक कदम चालेकोले आन्दोलनबाटै प्रम केपी ओलीको निरंकुशतन्त्रलाई पराजित गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष प्रचण्डले औंल्याए ।

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संघर्ष समिति समिति लुम्बिनी प्रदेशले बिहीबार बुटवलमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दैसंसद पुनःस्थापना भएर छाड्ने कुरामा विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले अदालतप्रति आफ्नो भरोसा रहेको भए पनि जनताको अदालत महत्वपूर्ण सावित हुने उल्लेख गरे ।