मंगलवार , कार्तिक १७, २०८३
भैरहवा, १७ कार्तिक । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम आजदेखि सिद्धार्थनगर नगरपालिकासहित देशभर सुरु भएको छ । अभियानको सिद्धार्थनगरमा शुभारम्भ गर्दै नगरप्रमुख इश्तियाक अहमद खाँले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गर्नुभएको छ । उहाँले बालबालिकाको स्वास्थ्य र पोषण सुरक्षाका लागि यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। नगरप्रमुख खाँले नजिकैको वडा कार्यालय, स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गरी बालबालिकालाई औषधि खुवाउन आग्रह गर्नुभयो ।
कार्यक्रमअन्तर्गत आज र भोलि दुई दिन ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । बालबालिकालाई भिटामिन ‘ए’ को कमीबाट जोगाउन तथा जुकाको संक्रमण नियन्त्रण गरी स्वस्थ र पोषित बालबालिका निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
