२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शनिवार , आश्विन १३, २०८०

काठमाडौं, १३ असोज । 
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढेको छ । यससँगै अब भान्सामा खाना पकाउने ग्यास प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयँ पुगेको छ ।

त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।