२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ : अर्थमन्त्री डा. महत

सोमवार , आश्विन १५, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार काठमाडौंमा आयोजना गरेको वल्र्ड इन्भेस्टर विक–२०२३ मा बोल्दै अर्थमन्त्री महतले सेयर बजारलाई स्वस्थकर बनाउदै आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी रहेको बताएका हुन् ।

इनसाइडर ट्रेनिङ र सूचना लिक हुने प्रवृत्तिलाई धितोपत्र बोर्डले नियमनको दायराभित्र ल्याउनुपर्ने उहाले बताउनुभयो । उहाले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने र  सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी रहेको धारणा राखे ।

महतले विविध कारणले सेयर बजार अहिले तल झरेको र माइक्रो म्यानेजमेन्टमा समस्या भएकाले समाधान हुने विश्वास व्यक्त गरे ।

उनले सेयर बजार सुधारका लागि केही निर्णय चाडै आउने जिकिर गरे ।