२०८२, आश्विन २९ गते

Oct 15 2025 | २०८२, आश्विन २९ गते

प्रचण्ड–माधव नेपाल समुहको बिरोध सभामा देखिएका फरक दृष्यहरु

शुक्रवार , माघ १६, २०७७

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • बुटवल, १५ माघ। आज बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरिय बिरोध सभामा बोल्ने शिर्ष नेता लगाएतका बक्ताहरुले प्रम ओलीको कदम नेपालको कम्यूनिष्ट आन्दोलन र लोकतन्त्र बिरोधी भएको टिप्पणी गरेका छन्।

    केपि ओलीको स्वेच्छाचारी र निरंकुश कदमको बिरोधमा आयोजित कार्यक्रममा प्रतिनिधी सभाको पुनःस्थापना र संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आन्दोलनको आँधीबेहरी ल्याउने उद्घोष समेत नेताहरुले गरेका थिए । 

    आफ्नो मन्तब्य राख्ने क्रममा खासगरि अध्यक्ष माधवकुमार नेपालसहित पुर्व एमालेका नेताहरुले प्रम ओली बिरुद्ध खनिँदै बढि आक्रामक ढंगले प्रस्तुत भएका थिए भने अध्यक्ष प्रचण्डसहितका पुर्व माओबादी नेताहरु ओलीसहित रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगाएतका पुर्व माओबादीहरुकै बिरुद्ध बढि खनिएको देखिन्थ्यो ।

    उनिहरुले प्रम ओलीको निरंकुश, असंबैधानिक र अलोकतान्त्रिक कदमलाई साथ दिएको भन्दै देश र जनताप्रति गद्धारी गरेको आरोप लगाएका थिए । 

    पार्टीका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले केपी ओली कम्यूनिष्ट बिरोधी हो भन्दै टिप्पणी गरेका थिए भने घनश्याम भुसालले राजा र राणाहरुको प्रेतको रुपमा ओलीतन्त्रको उदय भएको भन्दै ओलीतन्त्रको अन्त्य गरेरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।

    कार्यक्रमकै बिचमा दर्शक दिर्घाबाट दुई जनाले जिन्दाबाद र मुर्दाबादमा सारा जिवन जानी भयो, असफल शिर्ष नेता बिश्राम लेउ हामीलाई सग्लो नेकपा देउ भन्ने ब्यानर प्रदर्शन गरेका थिए। लगत्तै नेकपाका स्वयंसेवकहरुले उक्त ब्यानर नियन्त्रणमा लिएका थिए।  

    IMG_7094.JPG

    IMG_7140.JPG

    IMG_7055.JPG

    IMG_7099.JPG