२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

माघ १७ गते सुजुकी कारको ‘सुपर स्याटरडे’

शुक्रवार , माघ १६, २०७७

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १६ माघ । 
    नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदे माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन् । 

    ‘सुपर स्याटरडे’ मा ग्राहकले आकर्षक नगद छुट, एकवर्षको निःशुल्क बिमा, आकर्षक एक्सचेञ्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउनेछन् । यो अफर माघ १७ गते एक दिनका लागि मात्र देशभरका सबै ३८ वटा डिलरसिपमा लागू हुनेछ ।

    नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको विक्री गर्दै आएको छ ।