images

शुक्रवार, बैशाख २१ गते २०८१

राजमार्ग चिकित्सा पद्धती

राजमार्ग चिकित्सा पद्धती

images
images
images
शुक्रवार, आश्विन १९ २०८०
शुक्रवार, आश्विन १९ २०८०
  • राजमार्ग चिकित्सा पद्धती

    मानिस जात अचम्मको हुन्छ, भित्र के छ ? र वाहिर के देखिन्छ ? भित्र र वाहिर एउटै भएको मान्छे प्रायः संसारमा नभेटिएला ! भेटिए पनि अत्यन्त दुर्लभ होला । यहाँ सन्दर्भ बुटवल–नारायणघट खण्डको राजमार्गलाई जोड्न खोजेको छ । यो राजमार्ग निर्माणमा ठेक्का लिने महारथीहरुले समयमा ठेक्का सक्नु भएन, चारैतिरबाट अवाजहरु आइरहेका छन्, कहिले कान्तिपुरले लेख्छ ! त कहिले समाचार पत्र, राजधानी यस्तै देशभरका पत्रपत्रिकामा यसले समाचार पाएको छ, बनाएको छ ।

    images
    images
    images

    ठेक्का लिने ठेकेदारले ठेक्का वापत एकमुष्ठ रकम पाउँछन् वा किस्ता किस्तामा ? त्यो पनि पंंक्तिकारलाई थाहा छैन, बीचबीचमा अर्थअभावले (समयमा रकम निकासी) व्यवधान पारेको त छैन ? यस्ता कैयौ प्रश्नहरुको उत्तर कि ठेकेदारलाई थाहा होला कि देश चलाउने ठेक्का लिएका गाँडे दलका नेताहरुलाई ! यस्तो भन्ने हिम्मतलाई पनि ‘सलाम छ’ किनकी विगत दश वर्षदेखि गाँडे नेताहरुले पालै पालो सत्तारोहण गरेकै छन् र नारायणघाट –बुटवल बाटो कोतर्ने, थोपर्ने, ओसार्ने आदि कार्य नित्य रुपमा भइराखेको छ ।

    यसैलाई  मध्यनजर राख्दै यही राजमार्गसँग सम्बन्धित ठेकेदारसँग भेट गर्ने शुर चढ्यो । आफुलाई सुर चढेर मात्र के गर्ने ? भेट पनि हुन प¥यो नि ! बल्ल बल्ल पन्ध्र दिन पछि ठेक्केदार सर्वेश्वर प्राण दायक रोग निवारक धन्मन्तरीका साक्षत रुपसँग बर्दघाटमा भेट भयो ।

    मैले बडो विनम्रतापूर्वक सोधें, “ठेकेदार साहेब यो नारायणघाट – बुटवल खण्डको  बाटो कहिले सकिएला ?”

    वहाँले मुस्कुराउँदै भन्नुभयो, किन चाहियो छिटो ? जति ढिलो हुन्छ उति जनार्दनको भलो हुन्छ, देख्नु भएकै छ तपाईहरुले भएभरको तमासा गरेर छिनछिनमा सरकार फेर्ने, एउटाले अर्कोलाई नटेर्ने ! त्यसको अलिकति प्रभाव त हामीलाई पर्नै प¥यो नि ! राम्रो, फराकिलो र चिल्लो बाटो नेपालीलाई फाप्दैन, धेरै रोग लाग्छ ।

    “तपाईहरुलाई समयमै रकम भुक्तानी हुँदैन र ?” मैले जिज्ञासा राखें ।

    उनी फिस्स हाँस्छन् “रकम भुक्तानी हुनु न हुनुसँग यो राजमार्गको कुनै साइनो छ । भागबण्डा राम्रो मिल्दै गयो भने आफैं ५ वा १० वर्ष सम्म यसलाई लम्ब्याउन सकिन्छ ।”

    यसरी लम्ब्याउँदा जनताले दुःख पाउदैनन् ? मेरो प्रश्नले उनलाई अझ शान्त, सभ्य र भद्र बनाउँछ ।

    उनले गंभिर खुलासा गर्छन्, “हेर्नुहोस् भरतपुरमा ठूला ठूला हस्पिटलहरु बनेका छन्, र बन्दै छन्, त्यस्तै काठमाडौंमा पनि । आखिर पश्चिमाबाट आएका जनताहरुको जाने बुटवल –नारायणघाट बाट नै हो ।

    यो राजमार्गमा हामीले यति धेरै खाल्डा खुल्डी पारेर छोडेका छौं यो हाफैंमा उदाहरण हो ।  यो राजमार्ग भएर बस यात्रीहरु कसैलाई क्यान्सर, कसैको हड्डी सम्बन्धि, कसैलाई पेट आदि विभिन्न खाले रोगिहरु हिड्छन् ।

    सबै रोगहरुको अचुक औषधी हो यो राजमार्ग ..! तपाईलाई एक दुइवटा उदाहरण दिन्छु ।

    हड्डी भाँचिएकाहरुलाई बसको पछाडि सिटमा राख्नुहोस् – यसरी बसले उफार्छ कि नारायणघाटसम्म आउँदा हड्डी आफैं जोडिन्छ – डाक्टरकोमा जानै पर्दैन ।

    बाथरोग लागेकालाई बीचको सिट व्यवस्था गर्नुहोला र खाल्डो आउनभन्दा अगाडि सिटलाई दह्रोसँग समाएर उभिनु र फेरि बस्नु । यही क्रमसँग नारायणघाट सम्म आउँदा रोग निको हुन्छ । 

    तपाईलाई अल्सर, नसा सम्बन्धी, हाइड्रोसिल आदि रोगहरुमा बसको अगाडि सिटमा बसेर तनक्क तन्कनु पर्छ रोग स्वाहाः हुन्छ ।

    जसलाई अपच हुने विमारी छ, उसका लागि पनि बुटवल–नारायणघाट राजमार्ग उत्तम मानिएको छ । विश्वको चिकित्सा क्षेत्रमा यसले मारेको फड्को अचम्मको छ । अपच हुने व्यक्तिलाई बस हिड्नभन्दा अगाडि मासुका विभिन्न परिकार छोइला, भुटुवा, चिउरा, भटमास आदि टन्न खुवाएर बसको पछिल्लो सिट भन्दा एक सिट अगाडि राखिदिनु होला । यो उपचार पद्धति सघन खालको हुने हुनाले ठूला ठूला ३,४ वटा प्लाष्टिक दिन नभुल्नु होला – अपचको विरामीले थलिएका विरामीको थैलि पनि भरिन्छ, अपच पनि ठिक छ ।

    यो राजमार्ग चिकित्सा पद्धति अमेरिका, रुस, भारत, चीन श्रीलंकामा पनि फैलाउने भनेर हाम्रा देशका नेताहरु लागि परेका छन्, त्यहाँ हाम्रो पनि माग हुन सक्छ । सरकारले राजमार्ग चिकित्सा पद्धतिलाई राष्ट्रव्यापि बनाउने अभियान पनि शुरु गर्न लागेको छ ।  यसैले झिना मसिना कुराहरुको पछाडि नलागि विशेष गरेर रोगिहरुलाई बुटवल–नारायणघाट बस यात्रा गराउन सबैको ध्यान केन्द्रित गरौं ।

    उनको कुरा सुनेर म छक्क परे तर राष्ट्रिय दैनिकमा समाचार हेरें लेखिएको थियो –सम्पूर्ण नारायणघाट –बुटवलका ठेकेदारहरुलाई मन्त्रिपरिषदले राष्ट्रको उच्च सम्मान प्रदान गर्न राष्ट्रपति समक्ष्न सिफारिस गरेको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij