images
images

आइतवार, जेठ ६ गते २०८१

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

images
images
images
शुक्रवार, आश्विन १९ २०८०
शुक्रवार, आश्विन १९ २०८०
  • लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी

    भैरहवा, १९ असोज ।

    images
    images
    images

    बौद्ध दर्शन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा शुक्रबारदेखि प्रदर्शनी सुरु भएको हो । 

    बौद्ध संस्कृति सम्मलेन तथा बीआरआईको १० औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्ने वक्ताले बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्याउने बताए।

    चिनियाँ बौद्ध भिक्षुयात्रीहरु फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरुले बताए । 

    कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन् ।
    उनले बीआरआईले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

    ‘प्रधानमन्त्रीको भर्खरको चीन भ्रमणमा पनि बीआरआई कार्यान्वयनमा जोड दिइएको छ,’ उनले भनिन्, ‘व्यापार, मुलुकहरुबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्वपूर्ण हुनेछ ।’ तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवद्र्धनमा टेवा पुग्ने उनले बताइन् ।

    बीआरआईले १० औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना समेत भएकोे छ । चीनको यो महत्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ ।

    सो कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्करोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कार्यहरुले शान्ति निम्त्याउने काम गर्नुपर्ने बताए । 

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यवहारिक अनुसरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए । 

    लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवद्र्धन र अनुशरणमा पनि विश्वले काम गर्नुपर्ने बताए । 

    भियतनामी टेम्पलका प्रमुख डा. लामले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए । यी क्षेत्रका पहिचानमा चिनिया यात्रीहरुको भूमिकालाई बिर्सन नहुने उनको भनाई छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताए । 
    भिक्षु महासंघका निग्रोध महाथेरले कैयौं बौद्ध दार्शनिकहरु सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए । उनले यो क्षेत्र निकै महत्वपूर्ण रहेकाले बिआरआई परियोजनामार्फत विकास हुनुपर्ने बताए ।

    बौद्ध भिक्षु महासंघका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्वपूर्ण भूमिका रहेको साथै साँस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताए । 

    आईसिसिआर चियर प्रोफेसर बिमलेन्द्र कुमारले सिल्क रोड बौद्ध संस्कृतिसंग आवद्ध रहेको भन्दै ह्वेनसाङसहितका यात्रीहरुले बौद्ध धर्मको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए । 

    IMG_0470.JPG

    लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा.कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएको र विज्ञहरुले छलफल गरेको बताए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij