शुक्रवार , माघ १६, २०७७
भैरहवा १६ माघ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहोराले अहिलेको निकाश नै ताजा जनादेश भएको बताएका छन्। प्रधानमन्त्री केपि शर्मा ओलीको कदम अदालतले सदर गरे निर्वाचनमा जानु नै उत्तम विकल्प हुने बताउदै नेता बोहोराले ताजा जनादेशबाटै देशले निकाश पाउने बताए।
शुक्रबार राप्रपा रुपन्देही क्षेत्र नम्बर ३ ले मानपकडीमा आयोजना गरेको प्रदेश सभा स्तरीय सभालाई सम्बोधन गर्दै नेता बोहोराले भन्ने– “अदालतको निर्णय मान्छौं, तर राप्रपाको सोच ताजा जनादेश नै हो, ताजा जनादेश नै अहिलेको निकास हो।” जनताले पनि ताजा जनादेश खोजेको नेता बोहोराको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको भन्दै उनले अदालतको निर्णय सबैले मान्नुपर्ने बताए। संसद पुनस्र्थापना भए पुनःफोहोरी खेल सुरु हुने बताउदै बोहोराले फोहोरी खेलबाट जनताको हकअधिकार स्थापित नहुने पनि बताए।
राप्रपाले निर्वाचनको लागि तयारी थालिसकेको बोहोराले जानकारी दिदै आगामि निर्वाचनमा बिकास प्रेमी नेतालाई जिताउन आग्रह गरे। विप्लव समूहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले त्यसो हुन नसके हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली काग्रेस, नेकपा लगाएतका बिभिन्न पार्टी परित्याग गरी झण्डै २ सय जना राप्रपामा प्रबेश गरेका थिए। उनीहरुलाई राप्रपाका बरिष्ठ नेता दीपक बोहोरा, पुर्व गृहमन्त्री निरन्जन थापा, केन्द्रिय नेता प्रदिप उदय, ताहिर वली लगाएतले पार्टी प्रबेश गराएका थिए।


© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
