
आइतवार , आश्विन २१, २०८०
बुटवल, २१ असोज ।
२२ असोजदेखि बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन सत्र सकिएसँगै संघकै आफ्नो भवनमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु सुरु भइसकेका छन् ।
यसपटकको अधिवेशनमा नेतृत्वका लागि हरि अर्याल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो संघको अधिवेशनमा समेत अध्यक्षका प्रत्यासी बनेका हरि अर्यालको उम्मेदवारी किन ? व्यवसायी, उद्योगीले अर्याललाई मत किने दिने ?
हरि अर्याल एक सबल र सक्षम व्यवसायीको रुपमा परिचित छन् । सबैसँग घुलमिल हुँदै व्यवसायीका समस्यालाई तत्काल समाधानको पहल गर्न अगाडि तम्सनु नै उनको मुख्य विशेषता हो । उनै अर्याल अहिले व्यवसायीको हकहित, समृद्ध बुटवलको परिकल्पनालाई साकार बनाउने संघको नेतृत्वमा आउन चाहेको र त्यहीअनुरुप भेटघाट, व्यवसायीको घरदैलो कार्यक्रम गरिरहेको बताउँछन् ।
अघिल्लो निर्वाचनमा हालका अध्यक्ष उज्वल कसजुसँग केही मतले नेतृत्वमा आउनबाट रोकिएका अर्याल यसपटक सबै उद्योगी, व्यवसायीको आफूलाई साथ भएको बताउँछन् । ‘व्यवसायीहरुले केही नयाँ पन खोज्नुभएको छ । त्यो नयाँपन मेरो साझा प्यानलमा छ । त्यसैले पनि साझा उम्मेदवारहरुलाई व्यवसायीको साथ र समर्थन हुन्छ भन्नेमा विश्वास छु’ उनले भने ।
एजेण्डाका हिसाबले बुटवलको बजारलाई व्यवस्थापन गर्ने, उपमहानगरपालिकासँग सहकार्य गर्ने, घरधनी र व्यवसायीहरुबीच सुमधुर सम्बन्ध स्थापित गर्न आफू लाग्ने उनले बताए । ‘आर्थिक गतिविधिहरुलाई कसरी चलायमान गर्न सकिन्छ । कसरी व्यवसायलाई संरक्षण गर्न सकिन्छ । अर्थतन्त्रलाई लयमा ल्याउन सकिन्छ । नै मेरो मुख्य एजेण्डा हुन’ उनले भने ।
बुटवलमा पछिल्लो समय धेरै सटरहरु खाली भएको र व्यापारमा मन्दी आएको बताउँदै उनले यसको समाधानका लागि पनि आफू गम्भिर भएर लाग्ने बताए । व्यवसायीलाई कसरी स्थापित गर्ने र आइपरेका समस्याको कसरी समाधान गर्ने भन्ने विषयमा आफू गम्भिर भएको भन्दै यसको समाधानका लागि बुटवलमा रहेका सवै व्यवसायिक संघ–संस्थाहरुसँग आफूले सहकार्य गर्ने समेत उनले बताए ।
‘बुटवलमा व्यवसायिक संस्थाहरुमा व्यवसायिक ‘नेचर’ तथा चरित्र कमजोर हुँदै जाँदा व्यवसायिक संस्था बढ्दै गइरहेको छ । उद्योग वाणिज्य संघ जस्तो संगठनले व्यवसायिक चरित्रलाई स्थापित गर्न सक्नुपर्छ । व्यवसायिक एजेण्डाहरुलाई छलफल र बहस गर्नुपर्छ । उस्तै प्रकृतिका संस्थाहरुसँग सहकार्य गर्न सक्यो भने स्वभाविक रुपमा स्थानीय हाम्रो आर्थिक गतिविधि र संगठनिक संरचनामा परिर्वतन आउँछ’ उनले भने । बुटवललाई पर्यटनको विकाससँग जोड्न सकेमा पनि बुटवलमा आर्थिक चलायन मान बढ्ने अर्याल बताउँछन् । त्यसैले पर्यटकीय गतिविधि बढाउन स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसँग आफुले पहल कदमी गर्ने उनले बताए ।
‘बुटवलको बजार अहिले जे भइरहेको छ त्यसैबाट मात्रै आर्थिक रुपमा थप चलायमान गराउन पक्कै पनि सकिदैन । यहाँ अहिले केही नयाँ नयाँ सम्भावनाका ढोकाहरु देखिएका छन । खास गरी पछिल्लो समयमा बुटवलको बसन्तपुर केवलकार संचालनमा आइसकेको छ । बुटवल नुवाकोटको केबलकार सञ्चालनको संघारमा छ । बसन्तपुर र नुवाकोटको हिल स्टेशनलाई हामीले ल्याउन सकियो भने देशभरका मान्छे पर्यटकीय गन्तव्यको रुपमा बुटवललाई सम्झने र यहाँ आउँदा यहाँको आवागमन गतिविधि बढ्दै जाँदा पक्कै पनि आर्थिक चलायमान बढ्नेछ । त्यसका आफ्नो प्यानलको तर्फबाट सहकार्य र पहल गर्ने काम हुनेछ’ उनले भने ।
साथै उनले घरदैलोको कार्यक्रममा व्यवसायीहरुले दिएका सुझावहरुलाई समष्टिगत गर्दै समाधानका लागि पहल गर्ने समेत बताए । घरदैलोको क्रममा व्यापारीहरुबाट सटर भाडा, कर, सम्पत्तिकर लगायतका विषयमा धेरै गुनासो आएको भन्दै यी समस्याको समाधान आफ्नो प्यानलले गर्ने प्रतिवद्धतासमेत उनले जनाए । (कुराकानीमा आधारित)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij