२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

रोट्याक्ट तिलोत्तमाले म्यूजिकल फेस्टिबल गर्दै

आइतवार , आश्विन २१, २०८०

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • तिलोत्तमा, २१ असोज  । 
    बडादशैंको पूर्वसंध्यामा रोट्रयाक्ट क्लब अफ तिलोत्तमाले म्यूजिकल फेस्टिबल आयोजना गर्ने भएको छ । गरीब तथा विपन्न वर्गको सहयोगार्थ र लायन्स क्लब अफ भैरहवाले स्थापना गरेको ब्लड बैंकका लागि निर्माणाधीन भवनलाई केही भए पनि सहयोग गर्ने उद्देश्यले असोज २६ गते मंगलापुरस्थित बोधीबिल्ला रिसोेर्टमा कार्यक्रम आयोजना गरिने क्लबका अध्यक्ष कमल अर्यालले जानकारी दिए ।

    शनिबार भलवारीस्थित सुनगाभा रिसोर्टमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अर्यालले कार्यक्रमबाट भएको मुनाफाको केही प्रतिशत ब्लड बैंकको भवन निर्माणलाई सहयोग गर्ने र केही रकम चाडपर्वमा खान लाउन समेत नसक्ने गरीब तथा असहायलाई सहयोग गरिने बताए ।

    कार्यक्रममा चर्चित गायक नितेशजंग कुँवर र समृद्धि राई, स्थानीय कलाकार तथा चक्र ब्याण्डको प्रस्तुती रहने क्लबका सचिव युवराज भट्टराई जानकारी दिए । 

    सुमन श्रेष्ठले सञ्चालन गर्ने उक्त कार्यक्रममा प्रवेश शुल्कवापत रु.एक हजार तोकिएको क्लबले जनाएको छ । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा यही वर्ष स्थापना भई छोटो समयमा लोकप्रिय बन्दै विभिन्न प्रकारका गतिविधि सञ्चालन गरी सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको क्लबको भनाइ छ ।