२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

यो विषम परिस्थितिमा उद्योगी–व्यवसायी पीडित छन् : भोपेन्द्र यादव

आइतवार , आश्विन २१, २०८०

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • भैरहवा, २१ असोज ।
    जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले मुलुकको यो विषम परिस्थितिमा उद्योगी–व्यवसायी अत्यन्तै पीडित रहेको बताएका छन् । उनले कतिपय समस्या राज्यस्तरबाटै समस्या रहेकोले समस्या समाधानको आवश्यकता रहेको औल्याए ।

    चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को वार्षिक कार्ययोजना बनाउन कपिलवस्तुको वाणगंगा नगरपालिका–३ स्थित राजापानीमा भएको बैठकमा बोल्दै यादवले उद्योगी–व्यवसायीको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 

    386751255_912190053782244_6377728231561340043_n.jpg

    उद्योग व्यापार संगठन, रुपन्देहीका सल्लाहकार समेत रहेका यादवले अहिलेको परिस्थितिमा उद्योग व्यवसाय सञ्चालन गर्न निकै चुनौति रहेको बताए । उनले भने, ‘समस्या जटिल छन् । समस्या समाधानका लागि मेरो साथ र सहयोग रहनेछ ।’