२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

बुटवल उद्योग वाणिज्य संघमा मतदान सुरु

सोमवार , आश्विन २२, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • बुटवल, २२ असोज ।

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीमा मतदान सुरु भएको छ । संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु र बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पहिको मतदान गरेका हुन् । सोमबार बिहान ९ः४३ बजेदेखि मतदान सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान हुनेछ । संघमा १ हजार ७ सय ७८ जना मतदाता रहेका छन् । संघको नेतृत्व लिनको लागि दिनेश प्रसाद श्रेष्ठ र हरि अर्याल प्यानलसहित मैदानमा छन।

    वरिष्ठ उपाध्यक्ष टंक गैरे र वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई निर्विरोध निर्वाचित भइसकेका छन् । मतदान सकिएपश्चात् आज नै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए ।