images

बिहिवार, बैशाख २० गते २०८१

ऐँठन र अनुभूति   

ऐँठन र अनुभूति   

images
images
images
सोमवार, आश्विन २२ २०८०
सोमवार, आश्विन २२ २०८०
  • ऐँठन र अनुभूति   

    उपन्यासकार विवेक कुमार ओझाद्वारा सुगठित ढङ्गवाट रचना गरी पाठक सामु प्रस्तुत २०७९ को मदन पुसस्कार प्राप्त गर्न सफल उपन्यास ऐँठन करिव ३ दिन (१२) घण्टाको वसाइमा एकपटक अध्ययन गराएर सकाएँ । उपन्यासको प्रमुख पात्र बबनकुमार हो उ दाङ्गको शान्तिनगर माध्यमिक विद्यालयको विज्ञान विषयको शिक्षक हो । उसकै भोगाई अनुभव र उसैलाई केन्द्र वनाई उपन्यास डोहोरिएको छ  ।

    images
    images
    images

    उपन्यासमा दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमामा भएको वमवारीवाट उम्किएर मानसिक रुपमा विछिप्त भएकी महिला जसलाई लडाई, हतियार, युद्द सम्झदाँ समेत घृण भाव पैदा हुन्छ । त्यस्तै गरी बबनकुमारले पनि “चेतनाको जन्म सँगै हतियारको मृत्यु हुनुपर्ने साथै हतियार र वम वारुदका सट्टामा कोमल फूलको जन्म र सुगन्ध फैलनुपर्ने निष्कर्ष निकाल्दछन । 
     आफ्नो वैवाहिक वर्षगाँठको दिन मंशिर २८ गते विद्रोही र सरकारी सेना बीचमा भएको दोहोरो भिडन्तमा परी घरमै सुतिरहेको अवस्थामा श्रीमती उर्मिलालाई गोली लाग्दछ र उनलाई अस्पताल पुर्याउन पाउँदैन सँगसँगै सानो छोरालाई समेत गोली लागेर छटपटाउँदै गर्दा अस्पताल लैजादै गर्दा वीचवाटोमै विद्रोहीको कब्जामा परी आफ्नी श्रीमती र छटपटाउँदै गरेको छोरालाई विद्रोहीले जिउँदै उसकै आँखा अगाडी खाल्डो खनेर पुरेपछि बबनकुमार पनि विद्रोहीको कब्जामा पर्दछ  । मानसिक रुपमा विछिप्त भएको बबनकुमार विद्रोहीको बन्दी भई दाङ, सल्यान, सुर्खेत दैलेख हुँदै अछामसम्मका करिब ३ महिना कब्जामा रहँदा उसले भोग्नु परेको पीडा, यातना, अपमान साथै वन्दी यात्रामा देखेका भोगेका अमानवीय र क्रुर यातनाहरुलाई उपन्यासमा बस्तुगत ढङ्गवाट उतारिएको छ ।

    सरकारी सेना तथा विद्रोहीावट भएका चरम यातना र क्रुर तथा पार्शविक घटनाहरुको सिलसिलेवरले गर्दा पटक पटक मस्तिस्क तथा हृदय नै ऐँठन वनायो । पढ्दैगर्दा कतिवेला हृदय भरीएर गला अवरुद्ध हुन्थ्यो त कतिवेला आँखावाट वरर आँशु वग्दा रहेछन् पत्तै भएन । सेनावाट वन्दी वनाई पटक पटक बलात्कृत चन्द्रकला जसले आफूलाई मानव नभई नौरङ्गी माछासँग तुलना गरेकी छन । जुन घटना मानव समाजको पार्शविक र आततायी जस्तो थियो । रक्सी पारेको निहुँमा भट्टीवालीलाई विद्रोहीवाट अपहरण र चरम यातना सामान्य जस्ता घटना थिए भने सरकारी सेनाद्वारा परिवारका सदस्य मारिएका घटनाले उक्त परिवारमा राज्यप्रतिको प्रतिशोधको भावना वेजोड ढङ्गवाट प्रस्तुत गरिएको छ । सेनामा भर्ति हुन हिडेको युवक र विद्रोहीले कव्जामा लिएर चरम यातना दिएर मारिएका प्रहरी कर्मचारी साथै काङ्ग्रेस कार्यकर्ता भएकै कारणले दुई खुट्टा काटिएर यातना दिइएका घटना  लाई निकै विभत्स रुपमा प्रस्तुत गरिएको छ । तुर्माखादमा आफ्नै आमाका आँखा अगाडी १४ वर्षिय वालिकालाई विभत्स रुपमा बलात्कार गर्ने विद्रोही सेना गोकुल जो आफ्नो स्वार्थको लागि आफ्नै साथिलाई गोली हानी हत्या गर्न पछि पर्दैन , पत्र पुर्याउन गाउँ हिडेको हुलाकी, अस्पतालमा विमारी जाचँ गर्दै गरेको डाक्टर विद्रोहीसँगै युद्धमा सामेल हुन तयार नभएकै कारण आफ्नै वावु आमाकै अगाडी जीवनको भीख माग्दासमेत अत्यन्तै विभत्स तवरवाट मारिनुपरेको छ  । जुन घटनाले मस्तिकमा गहिरो ऐँठन जमाउदो रहेछ  ।

    विशेषत मंगलसेनको युद्ध अत्यन्तै भयावह र कारुणिक रुपमा प्रस्तुत गरिएको छ । घरभित्र पसेर आमावावुलाई विद्रोहीले वन्चरोले टाउकोवाट चिरेर वगेको रगतको आहालमा अवोध ९ महिनाको वच्चा रगतमा लतपतिदैँ आमाको काखमा घस्रदै पुगेको दृश्य मानव सभ्यताकै आततायी घटनाको रुपमा चित्रित हुन पुगेको छ । मंगलसेनको युद्धमा सरकारी सेना, प्रहरी र विशेषगरी निजामती कर्मचारीहरु माथि मट्टितेल खन्याएर जिउँदै जलाएका दृश्य उपन्यासमा टिप्दै महाभारतको युद्धको प्रसङ्गसँग तुलना गर्दै युद्धमा समेत निश्चित नियम र क्षमादान समेत हुन्छ तर त्यो युद्धमा न त सरकारी पक्षवाट न त विद्रोही कसैले पनि त्यो नियम पालना नगरिएको विशेष घटनाको रुपमा कथाको रुपमा उपन्यासमा उतारिएको छ । ३ महिनाको वन्दी अवस्थापछि अछामको आक्रमणपछि वन्दीमुक्त भइसकेर घर फर्कने आशामा वस चढेको बबनकुमार जव सेनाको पन्जामा पर्छ केही समयपछि विद्रोहीवाट थापिएको एम्वुसमा परी यात्रुवाहक वस २ टुक्रा हुन्छ मानिसका शरीर बाटाभरी छरपष्ट भएका दृश्यले कथालाई निकै कारुणिक बनाएको छ । सेनावाट चरम यातना पाएको बबनकुमार एकमुठी सासको आशमा आफ्नै पिसाव अन्जुलीमा थापी पिउनु पर्ने अवस्था र त्यो नारकीय जीवनले मानवताको मृत्यु भएको हो त ? भन्ने प्रश्न खडा गरेको छ र जीवन मूल्य खोज्न सेनाको कब्जावाट भागेको प्रसङ्ग निकै मार्मिक ढङ्गवाट प्रस्तुत गरिएको छ । यसरी एउटा घटना यहाँनेर गएर टुङ्गीएको देखाएको छ भने अर्कोतर्फ सो युद्धपश्चात शान्ति आएको, परिवर्तन आएको तर त्यो परिवर्तन हिजो लडाई लडेको न त ती विद्रोहीलाई आएको न त आम नागरिकलाई आएको त्यो परिवर्तन त केवल टाठावाठा मानिसलाई मात्रै आएको छ भनी त्यो विद्रोहको औचित्यमाथि नै प्रश्नचिन्ह खडा गरेको छ ।

    अन्त्यमा बबनकुमार अस्पतालवाट भागिसकेपछि उसको मस्तिस्कमा उव्जीएको गाउँ जहाँ अन्य भन्दा भिन्नै देख्छ रगतको खोला, जहाँ हिउँ समेत रातै पर्दछ, हिउँनदी समेत रगतको वग्ने गर्दछ अनि रातमा गाउँमा सुनिने चिच्चाहट अनि आफ्नो नेताको अगाडी आँशु नदेखिओस भनी रातभरी रोएर आशुँ सक्नुपर्ने विषय वढो प्रतिकात्मक र सन्देशमूलक रहेको छ । साथै उक्त गाउँवाट फर्कने क्रममा पूर्व लडाकुले सन्चालन गरेको होटलमा खाजा खान पुग्दैगर्दा होटलवालाको सानो छोरासँगको संवाद र त्यो वच्चाले आफ्नो वावुलाई सम्झाउँदै गरेको विषय साच्चीकै भावुक र सन्देशमूलक रुपमा उतारिएको छ । उपन्यासमा सानो वच्चाको माध्यमवाट मूलुकको अहिलेको आवश्यकता विद्रोह, विनाश लडाँई होइन शान्ति स्थिरता र मानवता नै विश्व समूदायको आजको आवश्यकता हो भन्ने भावलाई सानो वच्चाले आफ्नो वावुलाई युद्धले केही परिवर्तन र विकास त ल्यायो तर हजाराैँ आइन्स्टाइन हरु त्यो युद्धले सलक्कै निलेको छ हजारौँ वैज्ञानिकहरुको नाश गरेको छ त्यसैले वम वारुद र बन्दुक होइन हजारौँ आइन्स्टाइन जन्माउनु मानव समुदायको आजको आवश्यकता हो भन्ने सन्देश छाडेको छ  । साथै भावि पुस्ताका लागि युद्ध अवस्था त्यसको असरको जिवित साक्षीका रुपमा उपन्यास स्थापित भएको छ ।

    अन्त्यमा उपन्यास पढ्दै गर्दा दर्जनौ हरफहरुले मस्तिस्क तथा हृदयलाई वेलावेलामा ऐँठन पार्दा रहेछन साथै सासै रोकिने खालका विषयवस्तुलाई निकै सिलसिलेवार रुपमा सुन्दर फूलरुपी शब्दगुच्छावाट सुगठित मालाको रुपमा उनिएर उत्कृष्ट उपन्यास तयार भएको छ जसले शीर्षकलाई न्याय गरेको अनिभूति भयो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij